FLASH NEWS
  • Loading...

नुवाकोटका द्वन्द्वपीडितलाई १७ करोड

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail


नुवाकोट—नुवाकोटका द्वन्द्वपीडितलाई राहत स्वरूप करिब १७ करोड बजेट निकासा गरेको छ ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयले नेकपा माओवादी र राज्यबीच भएको सशस्त्र युद्धको समयमा द्वन्द्वको चपेटामा परी पीडित भएकालाई राहत तथा क्षतिपूर्तिस्वरूप सो आर्थिक सहायता उपलब्ध गराउन लागेको हो । मन्त्रालयबाट १६ करोड ९६ लाख ५९ हजार बजेट आएको स्थानीय शान्ति समिति नुवाकोटका संयोजक बिन्दा अर्यालले बताइन् ।
द्वन्द्वको समयमा पीडित भएका विभिन्न सात वर्ग शीषर्कमा प्रभावितलाई थप सहायता तथा नयाँ पहिचान भएका पीडितलाई उपलब्ध गराउन प्राप्त भएको आर्थिक सहायतालाई चालु आव भित्र वितरण गर्न अख्तियारी दिइएको छ । प्राप्त बजेटमा द्वन्द्वको समयमा आमाबाबु गुमाएका टुहुरा बालबालिकाका लागि १८ लाख, ५१ प्रतिशतदेखि माथिका अंगभंग भई अपांगता भएकाका लागि जीवन निर्वाह भत्तास्वरूप ५ लाख ९५ हजार, अपहरणमा परेकालाई आर्थिक सहायता ७० लाख २५ हजार, मृत्युवरण तथा बेपत्ता पारिएका व्यक्तिका हकदारलाई थप आर्थिक सहायता उपलब्ध गराई एकमुष्ट ५ लाख उपलब्ध गराउन ४० लाख १९ हजारको अख्तियारी आएको छ ।
प्राप्त रकम चालु आवभित्रै वितरण गर्नुपर्ने निर्देशन आएपछि पाँच दिनभित्र पीडितको हातमा पु¥याउन कठिन बनेको छ ।
विस्थापित भएका व्यक्ति एवं परिवारलाई अधिकतम २५ हजारका दरले वितरण गर्न ४ करोड, ४९ लाख ५० हजार र यसअघि ५ लाख अथवा त्योभन्दा बढी रकम प्राप्त गरिसकेका मृतक र बेपत्ता भएका व्यक्तिका हकदारका लागि थप रकम दिएर १० लाख पु¥याउन ११ करोड १२ लाख ५० हजार आएको स्थानीय शान्ति समिति, नुवाकोटका संयोजक अर्यालले जानकारी दिए ।
द्वन्द्वको समयमा विस्थापित, अपहरणमा परेका, र सम्पत्ति क्षति व्यहोरेकाको संख्या भने यकिन हुन बाँकी छ ।सशस्त्र द्वन्द्वको समयमा नुवाकोटमा २२७ ले ज्यान गुमाएका, २२ जना बेपत्ता, ६९ जना अंगभंग भएको तथ्यांक भने हाल उपलब्ध छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित