FLASH NEWS
- Loading...
धरानमा एमालेको अग्रता कायमै
- गोल्डेन खबर
- ७ साल अघि
- १०४ पटक पढिएको
इटहरी, २४ असार । धरान उपमहानगरको पछिल्लो मतगणनाको नतिजाअनुसार नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार तारा सुब्बाले १२ हजार २७३ तथा उपप्रमुखमा मञ्जु भण्डारीले १२ हजार ३३४ मत ल्याई अग्रता कायम गरिरहनुभएको छ ।
मतगणनाको नतिजाअनुसार नेपाली काँग्रेसका तिलक राईले १० हजार ३९४ तथा उपप्रमुखमा श्यामा रेग्मीले नौ हजार ९७२ मत ल्याएर एमालेलाई पच्छ्याई रहनुभएको छ । धरान उपमहानगरका २० वटामध्ये ११, १५, १७, १८, १९ र २० नम्बर वडाको मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस