FLASH NEWS
  • Loading...

पूर्वजर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि कुटपिट

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail


इटहरी—गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै पूर्व जर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि कुटपिट भएको छ ।
आफ्नै घरमा मृत भेटिएको महिलाबारे उनले गैरजिम्मेवारी अभिव्यक्ति दिइएको भन्दै उनलाई कुटपिट गरिएको हो । कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । उनलाई प्रहरीले उद्दार गरी उपचारका लागि अस्पताल लगेको थियो ।
प्रहरीले फुदुङलाई पक्राउ नगरेको भन्दै स्थानीय बासी उनको घर घेराउ गर्न गएको थियो । त्यस क्रममा केही मानिस घरभित्र पसेर उनलाई कुटपिट गरेका थिउ । उनलाई लछारपछार गर्दै घरबाट बाहिर निकालेको अवस्थामा प्रहरीले उद्दार गरेको हो ।
फुदुङको घर परिसर रञ्जु (सूजिता) ठकुरी आइतबार मृत भेटिएकी थिइन् । ठकुरी मृत भेटिएको स्थानमा पहिले रिसोर्टमा थियो ।
उनको माछा पोखरीमा डुबेर मृत्यु भएको भनिएको छ । तर, कपडा समेत नभिजेको र शरीरमा निलडाम रहेको भन्दै स्थानीयबासीले मृत्यु शंकास्पद भएको भन्दै अनुसन्धान गर्नुपर्ने तर्क राख्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित