FLASH NEWS
  • Loading...

एक लाखको लुगामा साहरुखकी छोरी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९७ पटक पढिएको
Post Thumbnail


बलिउडको प्रख्यात नायक शाहरुखकी छोरीले पार्टीमा लगाएको लुगाको मूल्य एक लाख रुपैया परेको समाचार बाहिर आएको छ । गत आइतबार बलिउड अभिनेता शाहरूख खान स–परिवार मुम्बईको एक रेष्टुरेन्टको ओपनिङ पार्टीमा उनकी छोरीले एक लाख मूल्यको लुगा लगाएकी थिइन् । डिजाइनर कपडामा आर्कषक देखिएकी सुहानालाई देखेपछि पार्टीमा उपस्थित सबैले उनको र उनले लगाएको लुगाको चर्चा गरेका थिए । उक्त पार्टीमा सुहानाले बुवा शाहरूखसँग गरेको फोटोसुट अहिले सामाजिक सञ्जालमा चर्चित छ । सुहानाले त्यसदिन सुन्तला रङको टल्कने छोटो वान पिस लगाएकी थिइन् । उनले लगाएको लुगाको मूल्य करिब एक लाख रुपैयाँ परेको भारतीय समाचारमाध्यमले जनाएका छन् ।
१७ वर्षीय सुहाना चाँडै बलिउडमा प्रवेश गर्ने तयारीमा छन् । शाहरूख पत्नी गौरीले डिजाइन गरेको उक्त अर्थ रेष्टुरेन्ट ओपनिङ पार्टीमा अभिनेत्री आलिया भट्ट, सोनम कपुर, अभिताभ बच्चनकी छोरी स्वेता र मलाईका अरोरा खान पनि सामेल थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित