FLASH NEWS
  • Loading...

निर्वाचनमा सबैको सहभागिता आवश्यक ः गच्छदार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८३ पटक पढिएको
Post Thumbnail


विराटनगर—उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि स्थानिय निर्वाचन मात्र नभई आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी नभएर आफैँलाई घाटामा पु¥याएको धारणा प्रकट गरे । संघीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले स्थानीय तह सञ्चालनका लागि सरकारले ऐन बनाउन विधेयक दर्ता गरिसकेको र चाँडै ऐन पारित हुने जानकारीसमेत दिए ।
उनले स्थानीय विकास मन्त्रालयले स्थानीय तहको तत्काल कार्य सञ्चालनका लागि कार्यादेश जारी गरेको र सबै स्थानीय तहलाई समान कानुन बनाउन निर्देशन दिएको पनि बताए । मुलुकमा शशान्ति कायम गर्न र एक रुपतामा ल्याउन पनि संघीय कानुन समान हुन पर्ने उल्लेख गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित