FLASH NEWS
  • Loading...

एमालेकै सहमतिमा सिमांकन हेरफेर प्रस्ताव ः पौडेल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७१ पटक पढिएको
Post Thumbnail


बुटवल—नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालिन समयमा नेकपा एमालेकै सहमतिमा सिमांकन हेरफेर प्रस्ताव आएको बताएका छन् ।
एमालेकै सहमतिमा प्रस्तावको रुपमा मात्र आएको पाँच नम्बर प्रदेशको सिमांकन हेरफेर प्रस्तावलाई एमालेले अतिरञ्जित गरेर यस क्षेत्रका जनतालाई भ्रममा पारेकोबताए ।
नेपाली कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीद्धारा बिहिबार रुपन्देहीको मणिग्राममा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले बिभिन्न जात जाति र समुदायमा द्धन्द निम्त्याउने खालका अभिब्यक्ति दिएर एमालेले खोक्रो राष्ट्रवादको कुरा गरेको आरोप लगाए ।
हिमाल, पहाड र तराई सबै क्षेत्रका समुदायलाई मिलाएर लैजान सके मात्रै राष्ट्र र राष्ट्रियता मजबुद हुने बताउँदै बरिष्ठ नेता पौडेलले मधेसी, पहाडी, हिमाली बिच द्धन्द निम्त्याएर खोक्रो राष्ट्रवादको नारा लगाउने एमाले प्रबत्तिले मुलुक बिखण्डनतर्फ धकेलिन सक्ने चिन्ता व्यक्त गरे ।
आफुलाई मात्रै राष्ट्रवादी देख्ने र अरु सबैलाई अराष्ट्रवादीको कित्तामा धकेल्ने एमालेको गलत नीतिले मुलुकलाई द्धन्दतर्फ धकेलिने उनको तर्क थियो ।
बामपन्थि र प्रजातन्त्रवादी शक्ति मिल्दा मात्र मुलुकमा ठुला ठुला परिबर्तनहरु भएको भन्दै कांग्रेस नेता पौडेलले एक अर्कामा झगडा गराएर होईन सहअस्थित्वको आधारमा सबै शक्ति एक आपसमा मिलेर अगाडी बढेमात्र मुलुक समृद्धि तर्फ अगाडी बढ्ने बिचार व्यक्त गरे ।
सबै राजनीतिक शक्ति मिलेकै कारण संबिधानसभाबाट सबै जात जाति,भाषा भाषि,क्षेत्र र समुदायको हक अधिकार सहितको समाबेसी र लोकतान्त्रिक संबिधान जारी गर्न सफल भएको र सिंहदरबारमा मात्र रहेको अधिकार जनताको घरदैलोमा आएको उदाहरण दिदै उनले जनताको घरदैलोमै आएको अधिकारको उपयोग पनि मिलेरै गर्नुपर्नेमा जोड दिए । जहाँ जुन शक्तिसँग मिल्न सकिन्छ ति शक्तिहरुसँग मिलेर जाने बिपी काइरालाको नीतिलाई आत्मसाथ गर्दै नेपाली कांग्रेसले स्थानिय तहको निर्वाचनमा बिभिन्न राजनीतिक दलहरुसँग तालमेल गरेर गएको प्रस्ट्याउदै पौडेलले तिलोत्तमा नगरपालिकामा पनि कांग्रेस र जनमुक्ति पार्टीबिच चुनावी गठबन्धन बनेको बताए ।
पर्यटन क्षेत्रको बिकास बिस्तार, कृषि क्रान्ति र उर्जाको उत्पादन गरेर मुलुकमा आर्थिक क्रान्ति गर्ने बेला भएको भन्दै उनले त्यसका लागि सबै राजनीतिक शक्तिहरुबिच सहमति, सहकार्य र एकता आवश्यक रहेको धारणा राखे ।
नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको र संविधान कार्यान्वयनकालागि पनि नेपाली कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताउँदै वरिष्ठ नेता पौडेलले उक्त जिम्मेवारी पुरा गर्नकालागि नेपाली कांग्रेस जिम्मेवारी बोध गरेर उपर्युक्त दलहरुसंग तालमेल गरि अंगाडी बढेको प्रष्ट पारे ।
‘गौतम बुद्ध जन्मस्थल लुम्बिनीको यथोचित बिकास गर्न सके रुपन्देही जिल्ला विश्वको पर्यटनको केन्द्र बन्न सक्छ, त्यस्तै रुपन्देही कृषि तथा औद्योगिक बिकासको उच्च सम्भावना बोकेको जिल्ला पनि हो ।’ उनले भने, ‘त्यसकालागि नेपाली कांग्रेससंग भिजन छ, यो सपना नेपाली कांग्रेसले पुरा गर्न सक्छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँणले तिलोत्तमा नगरपालिकामा कांग्रेस र जनमुक्ति बिचको चुनावी तालमेल देखेर प्रमुख बिपक्षि दल अत्तालिएको बताउँदै संयुक्त गठबन्धको जित देखेर बिपक्षि दलले अनावश्यक प्रोपोगाण्डामा उत्रिएको दाबी गरे । मुलुकको बिकास र समृद्धिकालागि पार्टीको नीति अनुसार नै चुनावी एकता भएको बताउँदै नेता खाँणले यो एकताले चुनावमा जित सुनिश्चित भएको र तिलोत्तमा नगरपालिकामा समृद्धि र बिकासको यात्रा सुरु भएको बताए । केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच भएको तालमेल देखेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १८० डिग्रिको ज्वरो आएजस्तै बर्बराएको र तिलोत्तमा नगरपालिकामा कांग्रेस र जनमुक्तिबिचको एकता देखेर एमालेका समकक्षि नेताहरुलाई पनि १८० डिग्रिको ज्वरो आए जस्तै बर्बराएको बताए ।
१०२ डिग्रिको ज्वरो आउँदा सम्म मानिस बर्बराउने र १८० डिग्रिको ज्वरो आएपछि नबर्बराउने कुरै भएन भन्दै कांग्रेस नेता खाँणले बिरामी भएर बर्बराएको कुरामा माइण्ड गर्न नहुने ब्यंग्य गरे ।
नेपाली कांग्रेस राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका लागि जस्तोसुकै बलिदानी दिन तयार रहेको उल्लेख गर्दै उनले तर नेपाली कांग्रेस नक्कली राष्ट्रवादको कुरा भने नगर्ने बताए ।
नक्कली राष्ट्रवादको कुरा गर्ने एमाले तिलोत्तमामा नक्कली कांग्रेस र नक्कली जनमुक्ति पार्टी बनेर सिधा साधा कांग्रेस जनमुक्ति समर्थक मतदाताहरुलाई बदरहुने गरि मतदान गर्न सिकाउदै हिडेको नेता खाँडको दाबी थियो ।
त्यस्तैगरी कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सुर्यबंसीले जनताको मतादेशलाई सदुपयोग गर्नुपर्ने बताए । दुई पार्टी बिचको तालमेललाई ईमान्दारिताका साथ रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै उनले तालमेलले तिलोत्तमालाई नयाँ युगतर्फ प्रवेश गराएको र बिकासको मुल फूट्ने विश्वास व्यक्त गरे । फरक फरक बिचार र सिद्धान्त बोकेका राजनीतिक शक्तिहरु एक ठाउमा उभिदा मात्रै मुलुकमा परिबर्तनहरु भएको उदाहरण दिदै माहसचिब सुर्यवंसीले संबिधान निर्माण गर्ने बेला र जारी गर्दा दलहरुबिच भएको सहमति,सहकार्य र एकता संबिधान कार्यान्वयन गर्नका लागि पनि आवस्यक रहेको बिचार व्यक्त गरे ।
सिंहदरबारमा मात्रै सिमित रहेको अधिकार स्थानिय तहमा आएको उल्लेख गर्दै उनले पुरानै मानसिकता र चिन्तनले सो अधिकारको उपयोग फलदायी नहुने भएकाले नया सोच र चिन्तनका साथ प्राप्त अधिकारको सदुपयोग गर्नुपर्ने कुरामा जोड दिए ।
संयुक्त निर्वाचन परिचालन समिति तिलोत्तमाका संयोजक तथा नेपाली कांग्रेस रुपन्देहीका पुर्ब सभापति रामचन्द्र ढकालको सभापतित्वमा सम्पन्न चुनाबि सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य उदयसमसेर राणा, नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाक, नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङ्ग, राष्ट्रिय जनमुक्ति पार्टी निकट राष्ट्रिय युवा महासंघका बरिष्ठ केन्द्रिय उपाध्यक्ष सुन्दर गुरुङ्ग, संयुक्त निर्वाचन परिचालन समिति तिलोत्तमाका सह संयोजक रोमणि पाठक, तिलोत्तमा नगरपालिकाका मेयर पदका उम्मेदवार रामकृष्ण खाँण, उपमेयरकी उम्मेदवार गीता सारुलगायतले सम्बोधन गर्दै बिपक्षि दलले फैलाएका बिभिन्न किसिमका भ्रम र जालझेलमा नपरी संयुक्त प्यानललाई मतदानगरि बिजयी गराउन अपिल गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित