- Loading...
मतदाता फकाउँदै उम्मेदवार
- गोल्डेन खबर
- ७ साल अघि
- ८४ पटक पढिएको
नवलपरासी, ८ असार । नवलपरासीमा फरक शैलीमा उम्मेदवार मत माग्न व्यस्त देखिन्छन् ।
घरदेखि किसानले काम गर्ने खेतमा गएर पनि मतदाता रिझाउन उम्मेदवार पछि परेका छैनन् । उम्मेदवार विशेषगरी आजभोलि खेती रोप्ने याम सुरु भएलगतै उम्मेदवार पनि खेतमा गएर किसानको काममा सघाउ पु¥याउन उम्मेदवार स्वयम् लागिपरेका छन् ।
यसैगरी, नवलपरासीको रामग्राम नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार नरेन्द्रकुमार गुप्ताले फरक शैलीमा मतदाता रिझाउन लागेका छन् । खेतमा तयार भएको धानको बीउ काढ्न व्यस्त किसानसँगै पुगेका उम्मेदवार गुप्ता पनि खेतमा पुगेर केही समय किसानलाई बीउ काढेर मत माग्न आजभोलि व्यस्त देखिनुभएको छ । गुप्ता मात्र होइन अन्य उम्मेदवार पनि किसानलाई रिझाउन यस्तै तरिका अपनाउने योजनामा छन् ।
दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुने नवलपरासीको प्रदेश नं ५ यतिबेला निर्वाचनमय बन्दै गएको छ । नवलपरासीमा पहिलो चरणमा निर्वाचन भई बाँकी रहेको प्रदेश नं ५ अन्तर्गतका सातवटा स्थानीय तहमा निर्वाचन माहोल तातेको हो । करिब १९ वर्षपछि हुन लागेको निर्वाचनका लागि जिल्लामा क्रियाशील ठूलादेखि साना दल सम्मका उम्मेदवार आफ्नो पक्षमा मतदाता रिझाउन लागिपरेका छन् ।
यद्यपि, सो निर्वाचनमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) ले भने भाग लिएको छैन । विशेषगरी नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (माले) र मधेस केन्द्रीत दलमध्ये नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति, मधेस तराई फोरम लगायतका दल चुनावी अभियानमा छन् ।
विभिन्न सभा, जुलुस, घरदैलो लगायतका प्रचार प्रसारमुखी कार्यक्रममार्फत सबैजसो राजनीतिक दलका नेता तथा कार्यकर्ता मतदातालाई रिझाउन घरदैलोमा पुुगेका छन् । दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन लागेको नवलपरासीका सातवटा स्थानीय तहमध्ये तीन नगरपालिका र चारवटा गाउँपालिका रहेका छन् । सबैजस्तो स्थानमा ठूला शीर्ष राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरमबीच प्रतिस्पर्धा हुने अवस्था छ ।
प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहमध्ये तीन नगरपालिका र चारवटा गाउँपालिका रहेका छन् । नगरपालिकातर्फ रामग्राम, सुनवल र वर्दघाट र गाउँपालिकातर्फ पाल्हिनन्दन, सरावल, प्रतापपुर र सुस्तामा दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हँुदैछ । प्रदेश नं ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहमा कुल एकलाख ८३ हजार १३ मतदाता सङ््ख्या रहेका छन् जसमध्ये ९३ हजार १७७ पुरुष, ९९ हजार ८३१ महिला र पाँचजना तेस्रोलिङ्गी मतदाता रहेका छन् ।