FLASH NEWS
  • Loading...

गणतन्त्र ल्याउन पत्रकारिताको ठूलो भूमिका छः अध्यक्ष प्रचण्ड

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८६ पटक पढिएको
Post Thumbnail

 


काठमाडौं– माओवादी सशस्त्र युद्धका बेला दरबारकै कारण भारत नेपाली राजनीतिमा खेलेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुलासा गरेका छन् ।
मंगलबार नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्वारा लिखित ‘अंश’ नामक पुस्तकको लोकापर्ण गर्दै उनले आफूहरु दरबारसँग वार्ता गरेर शान्ति प्रक्रियालाई टुंग्याउने कोसिस गरे पनि दरबार हत्याकाण्डका कारण उक्त कुरा सम्भव नभएपछि दिल्लीमा गएर राजनीतिक दलसँग वार्ता गर्दा नेपाली राजनीतिमा भारत हाबी भएको खुलासा गरेका हुन् ।
उनले समाजको आर्थिक, राजनीतिक, सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक परिवर्तनका लागि जनयुद्ध सुरु भएको उल्लेख गरेका छन् । अध्यक्ष दाहालले जनयुद्धलाई निरन्तरता दिँदा धेरै जनता मर्ने र राज्यलाई आर्थिक क्षेत्रमा समेत ठूलो घाटा लाग्ने भएकाले आफूहरु शान्ति प्रक्रियामा आएको पनि बताए ।
अध्यक्ष दाहालले नेपालमा जनयुद्ध कुनै नेताको मनोगत चाहनाले मात्रै नभएको पनि बताएका छन् । उनले नेपालमा जनयुद्ध समाजको आर्थिक, राजनीतिक, सामाजिक अवस्थितिका कारण सम्भव भएको बताए ।
दाहालले भने, ‘नेपालमा जनयुद्ध प्रचण्ड, बाबुराम वा अरु कुनै नेताको मनोगत चाहनाले भएको थिएन । हामीले त ०४४ सालमै जनयुद्ध गर्न चाहेका थियौँ, हतियार किनेर गोरखामा तालिम पनि लिएका थियौँ । तर, देशको राजनीतिले अर्कै मोड लियो । पञ्चायतका विरुद्धमा सडकमा जनलहर उर्लेर आयो, त्यस्तो परिस्थितिमा हामीले जनुयद्ध गरेको भए जनआन्दोलनका विरुद्धमा पञ्चायतलाई सघाएको सन्देश जान सक्थ्यो । त्यसैले हामी संयुक्त जनआन्दोलन समिति बनाएर ०४६ सालको जनआन्दोलनमा भाग लियौँ र युद्धको परिस्थिति केही वर्ष पछि धकेलियो ।’
जनयुद्धको सकारात्मक तथा नकारात्मक पक्षलाई केलाउन, यसलाई राम्रोसँग बुझ्न र यसका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कोणबाट हेर्न जरुरी रहेको पनि उनले बताएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रले ठूलो अवसर गुमाएको जिकिर गरेका छन् ।

कार्यक्रममा पूर्वप्रधामन्त्री समेत रहेका अध्यक्ष दाहालले शान्तिप्रक्रियामा आउन अघि पूर्वराजा ज्ञानेन्द्रसँगै वार्ता गर्न चाहे पनि यहाँका राजनीतिक दलहरुले त्यो खालको वातावरण बनाउन नसकेको पनि बताएका छन् । विद्रोही नेताको रुपमा सिधै मालिकसँग वार्ता गर्ने भन्ने विज्ञप्तिसमेत आफूहरुले निकालेको उनले स्मरण गराए ।
अध्यक्ष दाहालले ज्ञानेन्द्र शाह नाटकीय ढंगले राजा भएको टिप्पणी पनि गरेका छन् । उनले राजा वीरेन्द्रलाई असली राजाको संज्ञा पनि दिए । माओवादी युद्ध चलिरहेका बेला तत्कालीन राजा ज्ञानेन्द्र शाहले समयको माग अनुसारको भूमिका निर्वाचन गर्न नसकेको पनि उनले बताए । उनले मालिकसँगै वार्ता गर्ने आफूहरुको प्रस्तावलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफू स्थापित हुने अवसरको रुमा लिन नसकेको दाबी गरे ।
तर असली राजा र नाटकीय रुपमा आएका राजाबीच बुझाइमा फरक हुदा ज्ञानेन्द्र शाहले त्यो मौका समाउन सकेनन् र उनको पतन भएको पनि बताएका छन् । त्यसपछि रोल्पामा एमालेले र माओवादीबीच छलफल भएपछि भारतको नयाँ दिल्लीमा १२ बुदे सम्झौता गर्ने कुरा तय भएको उनले बताए ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले शान्तिप्रक्रियामा जानुपर्ने बाध्यता भएपछि माओवादी वार्तामा आएको बताएका छन् । माओवादीले त्यो वार्ता पनि नेपालमै सम्झौता होस् भन्ने चाहे पनि यहाँ परिस्थित अनुकूल नभएपछि अन्य राजनीतिक दलहरुको सल्लाहमा दिल्लीमा सम्झौता भएका बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित