FLASH NEWS
  • Loading...

कुमार सानुले काठमाडौंमा कन्सर्ट गर्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail


बलिउड चलचित्रका चर्चित पाश्र्व गायक कुमार सानु असार ३१ बुधबारआयोजना हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’मा काठमाडौंमा गुञ्जिने भएका छन् । उनले आफ्ना चर्चित गीतहरुको साथमा नेपाली दर्शकलाई मनोरञ्जन दिन लागेका हुन् । मुभेज इन्टरनेशनलको आयोजनामा होटल याक एन्ड यतीमा आयोजना हुन लागेको कार्यक्रममा कुमार सानुले आफ्नो ब्याण्डका साथ लाइभ प्रस्तुती दिनेछन् । सानुले आफ्ना चर्चित नेपाली र हिन्दी गीत गाउनेछन् । सो कार्यक्रममा गायक रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका बन्दना, स्मिता घिमिरेले पनि आफ्ना चर्चित गीत गाउनेछन् । दर्शकले नायिका नीशा अधिकारीको नृत्य, हास्य कलाकार जीतु नेपालको कमेडीको माध्यमबाट मनोरञ्जन लिन सक्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित