FLASH NEWS
  • Loading...

निर्वाचन चिह्न अंकित टिसर्ट, टोपी, झोला वितरण नगर्न निर्देशन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail


काठमाडौं—दोस्रो चरणको स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलहरुलाई निर्वाचन चिह्न अंकित टिसर्ट, टोपी, झोलालगायतका जिन्सी समान मतदातालाई वितरण नगर्न÷नगराउन निर्देशन दिने निर्णय गरेको छ ।
राजनीतिक दल र उम्मेदवारको निर्वाचन अवधीमा यस्ता किसिमको क्रियाकलापलाई बन्देज लगाउन यस्तो गर्ने निर्णय गरेको छ । त्यस्तै आयोगले निर्वाचन आचार संहिताविपरीत हुने कुनैपनि क्रियाकलाप नगर्न निर्देशन पनि दिएको छ ।
निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा शनिबार बसेको निर्वाचन आचार संहिता समितिको बैठकले निर्वाचन चिह्न अङ्कित टिसर्ट, टोपी, झोलालगायतका जिन्सी समान मतदातालाई वितरण नगर्न÷नगराउन निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत÷प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीलाई तत्सम्बन्धमा अनुगमन गरी त्यस्ता आचार संहिता विपरीतका कार्य रोक्न पनि आयोगले निर्देशन दिएको छ । आचार संहिता विपरित कुनै पनि कार्य नगर्न आयोगले विभिन्न दललाई आग्रह पनि गरेको छ ।
दोस्रो चरणमा १, २, ५ र ७ नम्बर प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहको निर्वाचन आगामी असार १४ गते बुधबार विहान ७ देखि अपराह्न ५ बजेसम्म हुनेछ । दोस्रो चरणको निर्वाचनका लागि धेरैजसो राजनीतिक दलले उम्मेदवार छनोट गरी निर्वाचन प्रचार सुरु गरिसकेका छन् भने केहि मधेसी दलहरुले चुनावमा भाग नलिने बन्दै चुनाव विथोल्न कोशिस गर्न सक्ने आशंका गरिएको छ ।
निर्वाचनमा विराटनगर र वीरगन्ज महानगरपालिका, १० उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिकाका ९० लाख ९७ हजार ५५७ मतदाताले जनप्रतिनिधि छान्नेछन् ।
निर्वाचनबाट प्रमुख÷ अध्यक्ष ४६१ सोही संख्यामा उपप्रमुख एवं उपाध्यक्ष, ४०८६ वडा अध्यक्ष, सोही संख्यामा महिला वडा सदस्य र दलित महिला सदस्य र आठ हजार १७२ वडा सदस्यको चयन हुनेछ । आयोगले छ हजार ७१८ मतदानस्थल, ११ हजार ९३१ मतदान केन्द्र कायम गरेको छ । दोस्रो चरणको निर्वाचनमा तीन वटा प्रदेशको निर्वाचन हुदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित