FLASH NEWS
  • Loading...

राजपासँगको वार्ता विफल,

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८३ पटक पढिएको
Post Thumbnail

राजपा चुनावमा भाग नलिने
काठमाडौं–नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा राजपा नेपालबीचको वार्ता विफल भएको छ ।
राजपालाई चुनावमा सहभागि गराउन प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्तामा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावअघि राजपाको कुनै पनि माग पूरा हुन नसक्ने बताएपछि वार्ता निष्कर्षविहिन भएको हो ।
बैठकमा देउवाले चुनावको मिति नजिकिइसकेको भन्दै अहिले मोर्चाको कुनै पनि माग पूरा गर्न नसकिने हुनाले राजपाले पार्टी दर्ता गराएर चुनावमा जान आग्रह गरेका थिए । चुनाव पछि देउवाले सबै माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।
तर राजपाका नेताहरुले चुनाव अघि संविधान संशोधन नै गर्न सम्भव नभएपनि मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्न सकिने मागहरुबारे निर्णय लिन आग्रह गरेका थिए । तर देउवाले त्यो पनि सम्भव नहुने जवाफ दिएपछि सहमतिको वातावरण बिग्रिएको हो । राजपाका नेताहरुले मुद्दा फिर्ता, स्थानीय तहको संख्या बढाउने, बन्दी रिहाई लिने, आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई सहीद घोषणा गर्ने, आन्दोलनमा घाइते भएकालाई क्षतिपूर्ति दिनेलगायतका माग मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराएर पूरा गर्न माग गरेपनि देउवाले अस्विकार गरेका कारण वार्ता विफल भएको हो ।
बैठकपछि राजपा अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले पार्टी दर्ता गराउने आफूहरुको एजेण्डा नै नभएको भन्दै प्रधानमन्त्रीले आफूहरुको कुनै पनि माग चुनावअघि पूरा गर्न नसकिने जवाफ दिएको बताए । उनले सत्तापक्षको यस्तो जवाफले चुनाव हुन नसकिने भन्दै आफूहरु आन्दोलनको तयारीमा लाग्ने बताए ।
छलफलमा कुनै सहमति नजुटेपछि दलहरुबीच फेरि आन्तरिक छलफल गरेर सहमतिमा पुग्न प्रयास हुने बताइएको छ । बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री शशांक कोइराला, नेताहरु विमलेन्द्र निधी, कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, राम बहादुर थापा सहभागी थिए । त्यसैगरी राजपाको तर्फबाट अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, शरदसिंह भण्डारी, अनिल झा, महेन्द्र राय यादव सहभागी थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित