FLASH NEWS
  • Loading...

आफ्नै सालीलाई डेब्यू गराउँदै निखिल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९३ पटक पढिएको
Post Thumbnail


काठमाडौं–नायक निखिल उप्रेतीले निर्देशन गर्न लागेको चलचित्र ‘कमिटमेन्ट ६० आवर्स’मा नायिका संचिता लुइटेलकी बहिनी शिवानीलाई मुख्य नायिका बनाएका छन् । निखिलले यो चलचित्रमा आफ्नै साली सिवानी लुइटेललाई नायिकाको रुपमा अनुवन्धित गराएका हुन् ।
यो चलचित्रको छायांकन मंगलबारदेखि सुरु गरिएको छ । चलचित्रको छायांकनका लागि भारतीय कलाकार रन्जित नेपाल आइसकेका छन् । नेपालमै मुम्बइको सेट लगाएर चलचित्रको छायांकन सुरु भएको वुझिएको छ ।
केही समय अगाडि आयोजित चलचित्रको घोषणा कार्यक्रममा नायिका नेपाली नै राख्ने बताइएको थियो । अब, भने निखिलले नायिकाको रुपमा सिवानीलाई फाइनल गरेका हुन् । सिवानीले आजसम्म अभिनयमा हात हालेकी छैनन् । तर, अध्ययन सकेर बसेकी सिवानीले निखिलको ७० प्रतिशत हिन्दी, २० प्रतिशत नेपाली र १० प्रतिशत अंग्रेजी भाषा समावेश हुने नेपाली चलचित्रमा मुख्य नायिकाको रुपमा काम गर्नेछिन् ।
यो चलचित्रमा केही भारतीय कलाकारको समेत अभिनय रहनेछ । निखिलले साढे २ करोडको बजेटमा यो चलचित्र बन्ने केही समय अगाडि आयोजित पत्रकार सम्मेलनमा बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित