FLASH NEWS
  • Loading...

आज देउवा प्रधानमन्त्री बन्दै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९२ पटक पढिएको
Post Thumbnail


काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका–संसदकासदन अवरोध नगर्ने भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४०औ प्रधानमन्त्री बन्ने पक्का भएको छ ।
सभामुख ओनसरी घर्ती मगरको पहलमा सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेका नेताहरुले संसद् बैठक अवरोध नगर्ने बताएपछि मतदान प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्ने पक्का भएको हो ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चार ब’दे प्रतिबद्धता जनाएपछि सोमबार सहमतिको वातावरण बनेको हो । नयाँ सरकारले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्षताका साथ गर्ने सहमतिको भएको छ । त्यसैगरी प्रदेश र राष्ट्रियस्तरको निर्वाचन सम्पन्न गर्न सबै एकताबद्ध भएर लाग्ने, सरकारले राज्य संरचनालाई निष्पक्षताका साथ उपयोग गर्ने र निर्वाचनलाई सफल पार्ने काममा दृढतापूर्वक लाग्ने सहमति भएको छ । त्यस्तै पहिलो चरणको निर्वाचनमा देखिएका अनियमितालाई नदोहो¥याउने संकल्प गरिएको छ ।
बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै कांग्रेसका नेता विमलेन्द्र निधिले सदन ख’लेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्ने जानकारी दिए । त्यसलगत्तै सभामुख घर्तीले प्रधानमन्त्री निर्वाचनका क्रममा भएका सबै प्रक्रियाका बारेमा सदनलाई जानकारी गराउने र त्यसपछिको दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुने सहमति भएको उपप्रधान तथा गृहमन्त्री निधिले स्पष्ट पारे ।
सोमबारको बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल, गृहमन्त्री विमलेन्द्र निधि, एमाले नेता झलानाथ खनाल, सुवास नेम्वाङ, बामदेव गौतम, माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो ।
सोमबार बिहानमात्र प्रधानमन्त्री निर्वाचनका विषयमा सदनबाट हुने प्रकृयामा सहयोग गर्न आग्रह गर्न गृहमन्त्री बिमलेन्द्र निधी र कांग्रेस नेता प्रदिप गिरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । करिब डेढ घण्टा भएको छलफलमा गृहमन्त्री र नेता गिरीले सहयोगको अपेक्षासहित ओलीस“ग आङ्खना कुरा राखेको अध्यक्ष ओलीका निजी सचिव अनिस दाहालले जानकारी दिएका थिए ।
दलहरुबीचको सहमति अनुसार मंगलबार संसद बैठक दुई चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा प्रमुख दलका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् । त्यसपछि पुनः बस्ने बैठकले प्रधानमन्त्री चयन गर्नेछ । आइतबार प्रधानमन्त्री निर्वाचनको कार्यतालिका रहे पनि एमालेको अवरोधका कारण संसद बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित