FLASH NEWS
  • Loading...

प्रधानमन्त्री दाहालद्वारा राजीनामा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पदबाट राजीनामा दिएका छन् । बुधबार प्रधानमन्त्री कार्यालयबाट देशवासीका नाममा सम्बोधन गर्दै उनले प्रधानमन्त्री पदबाट राजीनामा गरेको घोषणा गरेका हुन् ।
सम्बोधन सकेलगत्तै राष्ट्रपति निवास शितल निवास पुगेर प्रधानमन्त्री दाहालले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएपछि राष्ट्रपति विद्या भण्डारीले स्वीकृत गरेकी छन् । प्रधानमन्त्री दाहालले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति भण्डारीले अर्को मन्त्रिपरिषद् गठन नहु“दासम्म कार्य सञ्चालन गर्न आग्रह गरेकी छन् ।
प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन गर्ने क्रममा नेपालको राजनीतिमा लामो समयदेखि ‘नैतिकताको खडेरी’ पर्दै आएको पृष्ठभूमिमा आफूले नेपाली कांग्रेसस“ग गरेको समझदारी अनुसार राजीनामा गरेको बताएका छन् । गत २० साउनमा नेपाली कांग्रेस र माओवादी केन्द्रसहित अन्य दलस“गको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए ।
आफूले सफल प्रधानमन्त्रीका रुपमा बिदा लिन पाएको भन्दै उनले खुसीसमेत व्यक्त गरेका छन् । दाहालले व्यवस्थिापिका संसदमा सम्बोधन गरेर राजीनामा दिन चाहेका थिए । तर, स्थानीय तहको संख्या वृद्धिको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिएपछि आफ्नै कार्यालय सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
दुई दिनसम्म चलेको सहमतिको प्रयास असफल भएपछि प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्ने निर्णय लिएका हुन् । राजनीतिको सबैभन्दा ठूलो समस्या इमानको कमी र उपयोगको संस्कृति भएको पनि उनले बताएका छन् । दलहरु र नेताहरुबीच भएका लिखित र अलिखित सहमतिहरु थुप्रै पटक च्यातिएका थुप्रै उदाहरण भएको तर सत्ता साझेदारीका हकमा त अहिलेसम्म कुनै पनि समझदारी पालना नभएको तर आफूले भने इमानदारिताको राजनीति गरेको बताए ।
सम्बोधनका क्रममा उनले आफूले नेपाली राजनीतिमा रहेको नैतिकताको खडेरी तोड्ने संकल्प गरेको भन्दै नेपाली कांग्रेसस“ग भएको समझदारी अनुसार नै आफू अगाडि बढ्ने बताएका छन् ।
‘नेपालको राजनीतिमा सहमति कार्यान्वयन नगर्ने प्रवृत्ति छ । मलाई दोस्रो चरणको निर्वाचनसमेत गराउन विपक्षी दलले समेत भनेकोमा धन्यवाद दिन चाहान्छु तर म अब एउटा सांसदको हैसियतमा रहन्छु,’ प्रधानमन्त्री दाहालले भने । उनले दोस्रो चरणको चुनाव आफ्नो नेतृŒवको सरकारले नै गराओस् भन्ने सिंगो देश र प्रतिपक्षको सदिक्षाप्रति आभार प्रकट गरे ।
सत्ता छाड्नुपर्दा जोसुकै राजनीतिकर्मीले अनुभव गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा राजनीतिज्ञ, सांसद र नागरिकका रुपमा मुलुक र जनताको उत्थानमा क्रियाशिल रहने प्रतिवद्धतासहित आफूले राजीनामा दिएको बताए । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता र सहमतिका निम्ति प्रयासरत रहनेसमेत बताएका छन् ।
प्रधानमन्त्री बन्नुअघि तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले सोधेका सबै प्रश्नको उत्तर प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा दिएका छन् । उनले भने, ‘जब म प्रधानमन्त्रीको उम्मेदवार थिए“, एकथरी साथीहरुले संसदमा मलाई उत्तेजनापूर्वक सोध्नुभएको थियो, ‘फास्ट ट्र्याक के हुन्छ ? ओबिओर के हुन्छ ? हुलाकी मार्ग के हुन्छ ?’ ती प्रश्न गलत थिएनन् । तर, सोध्नेहरुको नियत सही थिएन ।’
उनले थप कुरा राख्दै भने, ‘त्यो प्रश्नमा अविश्वास थियो, चुनौती थियो । आफै“माथि विश्वास नभएपछि मान्छेलाई अरुमाथि पनि विश्वास नहु“दो रहेछ ।’ प्रधानमन्त्रीले चीनस“ग वान बेल्ट वान रोड परियोजनामा हस्ताक्षर भइसकेको र यसअघि राजनीतिक दाउ पेच मात्र बन्ने गरेको फास्ट ट्रयाक आङ्खनो सरकारको पालामा स्वदेशी लगानीमा नै निर्माण गर्ने सुनिश्चित गरेको भन्दै उक्त प्रश्नहरुको जवाफ दिएको उल्लेख गरे ।
दुरुगामी महŒवको हुलाकी मार्ग सम्पन्न गर्नका लागि भारतको प्रधानमन्त्रीस“ग प्राथमिकताका साथ कुराकानी गरेको उनले बताए । उनले यसअघि दुई छिमेकी मुलुकस“ग बिग्रिएको सम्बन्ध आङ्खनो कार्यकालमा सुधार गर्न सफल भएको दाबी समेत गरे ।
सम्बोधनको क्रममा प्रधानमन्त्री दाहालले त्यसबेला सोधिएको प्रश्न जायज भए पनि सोध्नेहरुको नियत सही नभएको भनेर ओलीतिर इंगित गरेका थिए । उनले भने, ‘फास्ट ट्र्याकलाई लिएर त नियोजित प्रचार नै गरियो । आज म ती प्रश्नहरुको जवाफ दिन चाहान्छु ।’
प्रधानमन्त्री दाहालले आफ्नो सम्बोधनका क्रममा आङ्खनो सरकारले फास्ट ट्र्याक निर्माणको ग्यारेन्टी गरेको र उक्त कार्य नेपाली सेनालाई दिएको बताउ“दै भने, ‘केही दिनमा म शिलान्यास गर्दै छु ।’
तत्कालीन ओली सरकारले फास्ट ट्र्याकको बारेमा लामो समयसम्म राजनीतिक दाउपेचमा लागे पनि उसले यसबारे भारत रिसाउला भनेर ठोस निर्णय गर्न सकेको थिएन ।
सम्बोधनका क्रममा दाहालले आफू सफल प्रधानमन्त्रीको रुपमा बिदा हुन पाएको भन्दै प्रधानमन्त्री दाहालले अब नेता र सांसदको रुपमा मुलुक र जनताको सेवा गर्ने बताएका छन् ।
सम्बोधनका क्रममा उनले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन, काठमाडौ“ उपत्यकामा विद्युत् कटौतीको अन्त्य, लगानी सम्मेलनको सफल आयोजना, आर्थिक वृद्धिदर बढोत्तरीका निम्ति गरिएका सुधार कार्यक्रम, सर्वसाधारण जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा, गरिब तथा विपन्न नागरिकलाई सहयोग र भूकम्पपछिको पुनःनिर्माणका कामलाई गति दिन आफू नेतृŒवको सरकार सफल भएको बताएका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीको आलोचना गरेका छन् । प्रधानमन्त्री दाहालले सरकार गठनका क्रममा विपक्षी दलले उठाएको गलत नियतको प्रश्नको आफनो सरकारले उत्तर दिएको बताउ“दै ओलीको आलोचना गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित