FLASH NEWS
  • Loading...

जावलाखेल क्लबका महासचिवको निधन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८९ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, ६ जेठ । जावलाखेल युथ क्लवका महासचिव मनमोहन केसीको आज बिहान निधन भएको छ ।

मुटुको समस्या र निमोनियाले च्यापेपछि उहाँलाई बिहीबार साँझ जावलाखेलस्थित अल्का अस्पतालमा लगिएकामा स्थिति गम्भीर भएपछि थप उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल पु¥याइएको थियो ।
आज बिहान करिब १ बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्व केसीका श्रीमती र एक छोरा छन् । केसीको पार्थिव शरीर शनिबार बिहान क्लबमा अन्तिम श्रद्धाञ्जलिका लागि राखी सोही दिन दाहसंस्कार गरिने कार्यक्रम छ ।
अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि

नेपाल सोतोकान कराते सङ्घ (एनएसकेए) को आयोजनामा दसौँ एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया र मलेसियाको सहभागिता निश्चित भइसकेको आयोजक सङ्घका महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम शेर्पाले जानकारी दिनुभयो । पुरुष र महिला गरी करिब एक हजार खेलाडीको सहभागिता रहने बताइएको छ ।

प्रतियोगितामा ४७ स्वर्ण, ४७ रजत र ९४ कांस्यपदकका लागि प्रतिस्पर्धा हुनेछ । विगतका सबै संस्करणमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको थियो । तीनदिने प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित