FLASH NEWS
  • Loading...

नेपालको पहिलो महिला अध्यक्षमा लक्ष्मीको नाम दर्ता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९० पटक पढिएको
Post Thumbnail


नवलपरासी—आरक्षणको कोटा पुरा गर्न मात्र उपाध्यक्षमा महिला उठाएको २० वर्ष पछिको स्थानिय निर्वाचनमा हुप्सेकोटकी लक्ष्मी पाण्डेले चुनौती दिदैँ आफ्नो नाम अध्यक्षमै दर्ता गरेकी छन् । जसको कारण उनी नेपालकै पहिलो महिला गाउँपालिकाको अध्यक्ष भएकी छन् ।
नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा उनले सो विजय हासिल गरेकी हुन् । जसको कारण उनी नेपालमा पहिलो पटक अध्यक्षमा उम्मेदवार भएर विजयी भएकी हुन् ।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी लक्ष्मी पाण्डेले कुल ४ हजार ५९२ मत प्राप्त गरी विजयी बनेकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मेघबहादुर पुलामीले ४ हजार ३५८ मत प्राप्त गरेर दोस्रो भएका छन् ।
त्यसैगरी, उपाध्यक्षमा एमालेका उम्मेदवार कोपिला मल्ल कुल ४ हजार ४६८ मत प्राप्त गरी विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार ओम थापाले ४ हजार ४१३ मत प्राप्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित