FLASH NEWS
  • Loading...

दोस्रो चरणको निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था गर्न सरकारको तयारी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७८ पटक पढिएको
Post Thumbnail

दोस्रो चरणको निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था गर्न सरकारको तयारी
काठमाडौं—पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि सरकारले अब दोस्रो चरणको निर्वाचनको लागी सुरक्षा व्यवस्थालाई चुस्त बनाउन लागी परेको छ ।
स्थानिय तह निर्वाचन दोस्रो तहको निर्वाचनको लागी सरकार लागी परेको हो । सम्वेदनशिल क्षेत्रको रुपमा लिईएको प्रदेश १, २, ५ र ७ मा दोस्रो चरणको निर्वाचनको लागी सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहकार्य गरिएको हो । गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले पहिलो चरणको निर्वाचनमा मतदातालाई सुरक्षाको प्रत्याभूति गर्न सुरक्षा निकाय सफल भएकोले अब आउँदो निर्वाचनमा पनि सुरक्षा व्यवस्था राम्रो हुने बताए ।
पहिलो चरणका सुरक्षा कमजोरी सच्याउँदै अब दोस्रो चरणको सुरक्षा तयारीमा मन्त्रालय लागेको उनले बताए । पहिलो चरणको निर्वाचनमा कालीकोट, दोलखा, धादिङ र तनह“मा हिंसात्मक घटनामा ५ जनाको मृत्यु भए पनि अन्य जिल्लाको हकमा खासै ठूलो घटना नभएको उनले बताए ।
सुरक्षा निकायको कमजोरीभन्दा दलका कार्यकर्ताका कारण सुरक्षा व्यवस्थापनमा समस्या आएको गृहप्रवक्ता पन्थीको भनाइ छ । उनले भने, ‘दलहरुमा जसरी पनि आफूले जित्नुपर्ने भन्ने अस्वस्थ प्रतिस्पर्धाले केही ठाउँमा समस्या सृजना ग¥यो ।’ उनले सुरक्षा व्यवस्थालाई ध्यानमा राखी विभिन्न कोणबाट सुरक्षा व्यवस्था मिलाईएको उनले जानकारी गराए । उनले भने, ‘केन्द्रीय तहमा सुरक्षा योजना बनाई क्षेत्रीय र जिल्ला तहमा समेत सुरक्षा योजना बनेको छ ।’
पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनमा समेत सम्पूर्ण गाउँ, क्षेत्र, केन्द्रमा सुरक्षा योजना कार्यान्वयनमा लगिएको प्रवक्ता पन्थीको भनाइ छ । निर्वाचन विरोधी कुनै गतिविधि भइहाले तत्काल प्रहरी पुग्नेगरी निर्वाचन सुरक्षा तयारी गरिएको र त्यो सफल भएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बताए । दोस्रो चरणको निर्वाचनका लागि पनि सोही किसिमले सुरक्षा व्यवस्था मिलाइने उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित