FLASH NEWS
  • Loading...

कृृषक समूहलाई बोरिङ वितरण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail

राजविराज, २ जेठ । सेभ द सप्तरीको स्पोनसरसिप कार्यक्रमअन्तर्गत जिल्लाको दक्षिणी भेगमा रहेका दलित एवम् अति पिछडिएका परिवारलाई जीविकोपार्जनका लागि सोमबार यहाँ पम्पसेट (बोरिङ) प्रदान गरिएको छ ।

राजविराजस्थित सेभ द सप्तरीको कार्यालयमा आयोजित पम्पसेट वितरण कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष ध्रुवकुमार देवले तीनवटा कृषक समूहलाई सतप्रतिशत निःशुल्क सिँचाइ गर्नेगरी प्रत्येक समूहलाई एक÷एक वटाका दरले पम्पसेट (बोरिङ) प्रदान गर्नुभएको छ ।

सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा दिनारामभद्री कृषक समूह कोलाडी, सखडेश्वरी कृषक समूह छिन्नमस्ता, कमलामाई कृषक समूह कोचाबखारीसहित तीनवटा समूहलाई सो पम्पसेट (बोरिङ) वितरण गरिएको बताइएको छ । साथै, पम्पसेट (बोरिङ)सहित बोरिङ डेलिभरी पाइप, हेड कल (ट्युबेल) लगायतका सामानसमेत वितरण गरिएको छ ।

वितरण गरिएको पम्पसेट (बोरिङ)बाट धान, गहुँ, तथा तरकारीखेती लगायत अन्य खेती गरी जीविकोपार्जन गर्न सकिने र यसबाट भएको आम्दानीले घरमा पढाइबाट वञ्चित रहेका बालबालिकालाई पढाउने उद्देश्यले पनि पम्पसेट (बोरिङ) बाँडिएको सेभ द सप्तरीका फिल्ड अफिसर परमेश्वरप्रसाद मण्डलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित