FLASH NEWS
  • Loading...

सबैभन्दा बढी ८३ प्रतिशत मतदान भक्तपुरमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

भक्तपुर, १ जेठ । पहिलो चरणको स्थानीय तहको निर्वाचन ३४ जिल्लाको २८१ मतदान केन्द्रमा भएको मतदानमा भक्तपुरमा देशभरबाटै बढी ८३ प्रतिशत मत खसेको छ ।

भक्तपुरको चार वटा नगरपालिकामा भएको मतदानमा ८३ प्रतिशत मत खसेको र यो देशभरकै बढी रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो । भक्तपुरमा कुल एक लाख ६१ हजार ५२९ मतदाता रहेकामा कुल एक लाख ३१ हजार ९५८ मत खसेको छ ।

जिल्लाको भक्तपुर, मध्यपुर, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका मतगणना भने आजदेखि मात्रै हुने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित