FLASH NEWS
  • Loading...

उम्मेदवार परिवारको सम्पर्कमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail

चितवन, १ जेठ । अपहरणमा परेको भनिएका एकजना उम्मेदवार गएराति परिवारको सम्पर्कमा आएका छन् ।

चितवनको राप्ती नगरपालिका–९ मा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल हिजो बिहानैदेखि सम्पर्कविहीन भएका थिए ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले दिएको जानकारीअनुसार राति नै उनी परिवारको सम्पर्कमा आएका हुन् । उनलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको आरोप माओवादी केन्द्रले लगाएको थियो । उक्त घटना भए पनि यहाँको निर्वाचन भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

तर प्रहरी अनुसन्धानले निर्वाचनका कारण उनी आफैँ सम्पर्कविहीन भएको देखिएको बताइएको छ । उनको खोजीका लागि हिजोनै प्रहरीले एउटा टोली त्यसतर्फ खटाएको थियो ।

सो घटनाको विषयमा अझै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शनिबार राति १ बजेदेखि उनी सम्पर्कविहीन भएका थिए ।
यता निर्वाचनको दिनमा प्रहरीले अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ३३ जनालाई छाडिएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित