FLASH NEWS
  • Loading...

४२ प्रतिशतसम्म मत खस्यो, निर्वाचन उत्साहजनक रुपमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९२ पटक पढिएको
Post Thumbnail

 


काठमाडौं–२० वर्षपछि हुन लागेको निर्वाचनमा जनताको उत्साजनक सहभागिता देखिएको छ । प्रधानमन्त्रि पुष्पकमल दाहालले पनि आफ्नो मत खसालेर आफ्नो उम्मेदवारलाई सुरक्षित बनाएका छन् ।
पहिलो चरण अन्तर्गत ३४ जिल्लामा निर्वाचन हुँदैछ । २८३ स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय तहमा मतदान हुँदैछ ।
बिहान ७ बजेदेखि स्थानीय तहको मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म चल्नेछ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लामा भएको निर्वाचनमा दुइटा केन्द्रमा मात्रै अवरोध भएको जनाएको छ । दोलखाको बिगु र काभ्रेको नमोबुद्धमा मतदान सुरु नभएको आयोगको संयुक्त निर्वाचन परिचान केन्द्र (जेईओसी)ले जनाएको छ ।
विहानै ४२ प्रतिशतसम्म मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिलेसम्म ४२ प्रतिशत मत खसेको छ । सबैभन्दा बढी मनाङमा ४२ प्रतिशत मतदान भएको छ । कास्की र बाग्लुङमा ३५ प्रतिशत तथा स्याङ्जा र मुगुँन ३० प्रतिशत मतदान भएको छ ।
रुकुममा २५ प्रतिशत मतदान भएको छ । अन्य जिल्लमा सरदर २५ प्रतिशत मतदान भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित