FLASH NEWS
  • Loading...

सुरक्षित छ मतदान स्थल, ढुक्क भएर भोट हाल्नुहोस्

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail


काठमाडौं–स्थानीय तह निर्वाचनमा झण्डै ६८ हजार सुरक्षाकर्मीले सुरक्षा दिने भएका छन् । जसलाई नेपाली सेनाले पनि ब्याकअपका रुपमा साथ दिनेछ ।

सुरक्षाको लागी ‘पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछ । हवाई गस्ती र पैदल गस्ती गरि पुरा सुरक्षाको बन्दोबस्त गरिएको छ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले निर्वाचनको लागी सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाएको बताए । उनले निर्वाचनमा ढुक्क भएर आफ्नो सहभागिता जनाउन सबैसँग आग्रह गरेका छन् ।
गृहमन्त्री निधीका अनुसार चुनावका लागि ६७ हजार ९१६ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उनका अनुसार २२ हजार ५७५ नेपाल प्रहरी, १७ हजार ३५६ सशस्त्र प्रहरी परिचालन गरिएको छ । ३८३ राष्ट्रिय अनुसन्धान विभाग र २२ हजार ६०२ म्यादी प्रहरी परिचालन गरिएको छ ।
थप ५ हजार जनशक्ति पनि परिचालन गरिएको गृहमन्त्री निधीले जानकारी दिए । उनले भने, ‘पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहनेछ । हवाई गस्ती र पैदल गस्ती पनि गरिनेछ ।’
मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरेर छुट्याएको उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित