FLASH NEWS
  • Loading...

निर्वाचनमाथी बिजुक्छेको आशंका

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail


भक्तपुर—नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न हुनुपर्ने बताएका छन् ।

विहिबार तौमढीमा नेमकिपाद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आचारसंहिता उलंघनका घटना व्यापक रुपमा भए पनि निर्वाचन आयोगले टुलुटुलु हेरेर बसिरहेको आरोप लगाए ।
अध्यक्ष बिजुक्छेले निर्वाचनअघि उपप्रधानमन्त्री र मन्त्री नियुक्त गरेर सरकारले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै दोस्रो चरणको निर्वाचन सकिएपछि मात्र बजेट ल्याउनुपर्नेमा जोड दिए ।

सो पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले निर्वाचनमा केन्द्रीत भएर लाग्न कार्यकर्ताहरु आग्रह गरेका छन् । नेमकिपाबाट भक्तपुर नगरपालिकाका प्रमुख पदका उम्मेदवार सुनिल प्रजापतिले ख्वप विश्वविद्यालय स्थापनासँगै भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्रका रुपमा विकास गर्ने र सुविधासम्पन्न अस्पतालको आवश्यकता औल्याए । पार्टीका भक्तपुर जिल्ला समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रराज गोसाईंले नेमकिपाले १५ वर्ष अगाडि नै स्थानीय तहको चुनाव गर्न माग गरे पनि अहिले आएर पूरा भएको बताए ।
पार्टीबाट भक्तपुर नगरका उपप्रमुखका उम्मेदवार रजनी जोशीले घोषणापत्रअनुसार काम गर्ने पार्टी र उम्मेदवारलाई मत दिन आग्रह गरे । भनपा वडा नं ९ का वडाध्यक्षका उम्मेदवार रवीन्द्र ज्याख्वले ०५६ सालमै भनपाले कलेज खोलेर जनताका छोराछोरीलाई सस्तोमा शिक्षा प्रदान गरेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित