FLASH NEWS
  • Loading...

स्वयम्भूमा बुद्ध पूजा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७६ पटक पढिएको
Post Thumbnail


काठमाडौं—स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूमा २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा बुधबार विशेष बुद्ध पूजा सुरु गरेको छ ।
महासमितिले प्रत्येक वर्ष बुद्धजयन्तीका दिन उक्त स्थानमा बुद्धाचार्य समाजको सहयोगमा विधिविधानपूर्वक बुद्धपूजा गर्ने गर्दछ । त्यस क्षेत्रमा बुधबार साँझसम्म करिब १ लाख भक्तजनले दर्शन गर्ने महासमितिले जनाएको छ ।
उक्त स्थानमा काठमाडौं तथा त्यसवरपर क्षेत्रबाट भक्तजनको भीड लागेको छ । स्वयम्भूमा रंगरोगन तथा सरसफाइसमेत गरिएको छ । विभिन्न संघसंस्थाको सहयोगमा निःशुल्क पानी वितरण, खिर भोजनसमेत गराइएको छ ।
महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधर, उपाध्यक्ष ज्ञानु लामा, कोषाध्यक्ष पुण्यसागर लामालगायतका पदाधिकारी त्यहाँ आउने भक्तजनको सुविधाका लागि स्वयंसेवकका रूपमा खटिएका छन् । आकस्मिक घटना घट्न सक्ने सम्भावनालाई दृष्टिगत गरी एम्बुलेन्स तैनाथ अवस्थामा राखिएको छ ।
नकःमि समाज सेवा पूचःले शान्तिपोखरी नजिकै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो पूचःका उपाध्यक्ष चन्द्रलाल नकर्मीले रगतको अभाव रहेको समाचार सुन्नमा आएकाले सो कार्यक्रम गरिएको जानकारी दिए ।
महासमितिले शान्तिका उपदेश तथा नैतिक शिक्षालाई फैलाउने उद्देश्यले बुद्ध जयन्तीको दिन विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ । सोही सन्दर्भमा उक्त दिन पर्यटकलाई उक्त सम्पदास्थलमा निःशुल्क दर्शनको व्यवस्था गरिएको जनाइएको छ भने साँझ दीपावली गरिएको थियो। रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित