FLASH NEWS
  • Loading...

तानसेन नगरपालिकामा एमाले उम्मेदवार सार्वजनिक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७६ पटक पढिएको
Post Thumbnail


पाल्पा,२३ वैशाख । नेकपा (एमाले) तानसेन नगरपालिकाले नगरको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य सबै उम्मेदवार सार्वजनिक गरेको छ ।

आगामी जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख, उपप्रमुखसहित १४ वटै वडाका अध्यक्ष सदस्यका उम्मेदवार आज सार्वजनिक गरी चुनावी प्रचार प्रसारमा लागेको छ ।

आज भएको उम्मेदवार घोषणासभामा तानसेनको प्रमुखमा अशोककुमार शाही, उपप्रमुखमा लक्ष्मी पाठकलाई उम्मेदवार घोषणा गरेको हो । सो अवसरमा नगरका वडाका वडाअध्यक्षका उम्मेदवारसमेत घोषणा गरिएको छ भने वडा नै १० तेल्घामा वडा अध्यक्षसहित सदस्य, वडा नं ११ मा महिला सदस्य र वडा नं ७ मा दलित महिला सदस्य उम्मेदवारको नाम भने केही दिनमा सार्वजनिक गरिने बताइएको छ ।

उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज सोमप्रसाद पाण्डेले राष्ट्रियताको रक्षा गर्न स्वाधिनता बचाउन, देशलाई आत्मनिर्भर बनाउन, पाँच वर्षको अवधिमा प्रतिव्यक्ति आय पाँच हजार डलर बनाउन एमालेका उम्मेदवारलाई विजयी बनाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले देशलाई बचाउन, पाल्पालाई तराईबाट अलग हुन नदिन, तानसेनलाई नमुना सहरको रुपमा विकास गर्न आफ्नो पार्टीलाई विजयी गराउन आह्वान गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित