FLASH NEWS
  • Loading...

भक्तपुरमा उम्मेदवारी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९५ पटक पढिएको
Post Thumbnail

भक्तपुर, २० वैशाख– जिल्लाका चारवटै नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरुले कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको मध्यपुर थिमि नगरपालिकामा कांग्रेसबाट प्रमुखमा अष्टकुमार कवे र उपप्रमुखमा अञ्जना मधिकर्मीले उम्मेदवारी दर्ता गराएका छन् भने एमाले, नेमकिपा र माओवादी केन्द्रकातर्फबाट प्रमुखमा एमालेका मदनसुन्दर श्रेष्ठ र उपप्रमुखमा नेमकिपाका केदार खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी भक्तपुर नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा राम अवाल र उपप्रमुखमा गङ्गा अवाले, नेमकिपाको तर्फबाट प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशी, माओवादी केन्द्रका तर्फबाट प्रमुखमा सत्यलाल मूल र उपप्रमुखमा इन्द्रमाया सुवाल, एमालेबाट प्रमुखमा विष्णु सुवाल र उपप्रमुखमा रीता अवालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

सूर्यविनायक नगरपालिकामा काँग्रेसबाट प्रमुखमा विष्णुराज कार्की र उपप्रमुखमा कल्पना राजथला, एमालेबाट प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा जुना बस्नेत, नेमकिपाबाट प्रमुखमा मनशोभा त्वाँटी र उपप्रमुखमा महेन्द्र बखुन्छें, माओवादी केन्द्रबाट प्रमुखमा दिलकृष्ण तजः, उपप्रमुखमा पूण्यवती चौंलागाई, नेकपा मालेबाट प्रमुखमा ज्ञानराम श्रेष्ठ र उपप्रमुखमा विना श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

चाँगुनारायण नगरपालिकाको प्रमुखमा कांग्रेसका राजाराम खड्का, नेकपा मालेका साधुराम दाहाल, नेमकिपाका न्हुँछे फोजु, नेकपा एमालेका सोम मिश्र, राप्रपाका रवीन्द्र प्रताप शाह र माओवादी केन्द्रका शिव अधिकारीले मनोनयन दर्ता गराएका छन भने उपप्रमुखमा काँग्रेसका सरु बाँनिया, मालेका लक्ष्मी मगराति, एमालेका बिना बास्तोला, राप्रपाका युवती कार्की, नेमकिपाका गीता काफ्ले र माओवादी केन्द्रका लक्ष्मी खड्काले मनोनयन दर्ता गराएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित