FLASH NEWS
  • Loading...

तिनवटै प्रदेशमा एमालेको मनोनयन दर्ता सम्पन्न

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८१ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, १९ वैशाख । नेकपा (एमाले) ले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आज प्रदेश नम्बर ३, ४ र ६ मा पार्टीका तर्फबाट उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गर्ने काम सम्पन्न भएको जनाएको छ ।

नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा मनोनयन पत्र दर्ता भएका ३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिका गरी २८३ वटै तहका सबै वडामा पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गरेको उल्लेख छ ।

स्थानीय आवश्यकतालाई हेरी चुनावी तालमेल गर्न सक्ने केन्द्रीय परिपत्रअनुसार कतिपय ठाउँमा अन्य राजनीतिक दलहरुसँग तालमेल पनि भएको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित