- राजनीतिक अस्थिरता र हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको प्रेस विज्ञप्ति |
- राजस्थानको पहिलो जित |
- आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिनुहुने |
- पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने |
- सिकन्दर पहिलो दिनको बक्स अफिस संकलन अनुमान, ओपनिङ डे कलेक्शन |
भक्तपुरका भूकम्पपीडितलाई अनुदानको पहिलो किस्ता
- गोल्डेन खबर
- ८ साल अघि
- २०४ पटक पढिएको

अनुदान सम्झौतासहित सबै प्रकृया पुरा गरेका भक्तपुरका १८ हजार भूकम्प प्रभावित परिवारका लागि आइतबारदेखि पहिलो किस्तावापतको अनुदान रकम वितरण हुदैछ ।
आइतबार पहिलो किस्ताको रकम उपलब्ध गराउन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी गराएको छ ।
जिल्ला विकास समिति भक्तपुरले अनुदान सम्झौता भएका ती परिवारलाई ५० हजार रुपैँया उपलब्ध गराउन बैंकमा पैसा पठाइसकेको छ । भक्तपुरमा रहेका विभिन्न २६ वटा बैंकबाट उनीहरु सबैलाई अनुदान रकमको पहिलो किस्ता उपलब्ध गराउन लागेको हो ।
आइतबार ती १८ हजार परिवारको खातामा पहिलो किस्ताको ५० हजार पैसा जम्मा हुनेछ । लाभग्राही परिवारले आजै पनि पैसा लिन सक्नेछन् । बाँकी ८ हजार परिवारलाई पनि चाँडै पहिलो किस्ताको अनुदान रकम ५० हजार उपलब्ध गराउने जिविसले जनाएको छ । भुक्तपुरमा भुकम्पबाट करिब २६ हजार परिवार विस्थापित भएका थिए । भुकम्पले घर भत्किएको करिब २ वर्षछि भक्तपुरबासीलाई सरकारले पहिलोपटक ५० हजार रुपैँया बाढ्न थालेको हो ।