FLASH NEWS
  • Loading...

सुदूरपश्चिममा एचआइभी सङ्क्रमित बढी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail


भीमदत्तनगर, ७ वैशाख । राष्ट्रिय मानव अधिकार आयोगले देशको अन्य क्षेत्रको तुलनामा सुदूरपश्चिममा एचआइभी सङ्क्रमितको सङ्ख्या अधिक रहेको जनाएको छ ।

आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘सुदूरपश्चिममा एचआइभी एड्स र मानवअधिकार’ विषयक दुईदिने क्षेत्रीय कार्यशाला गोष्ठीको उद्घाटन समारोहमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या बढिरहेको बताउनुभयो ।

उहाँले सङ्क्रमण न्यूनीकरणका लागि सबैको सहकार्य तथा निरन्तर अनुगमन आवश्यक रहेको पनि औँल्याउनुभयो ।

कार्यक्रममा राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घका क्षेत्रीय सहजकर्ता सरिता श्रेष्ठले सुदूरपश्चिममा ५ हजार ५२४ जना एचआइभी एड्स सङ्क्रमित रहेको बताउनुभयो । उहाँले प्रस्तुत गरेको प्रतिवेदनमा सङ्क्रमितको सङ्ख्या अन्य जिल्लाको तुलनामा कैलाली र अछाममा बढिरहेको उल्लेख छ ।

कैलालीमा दुई हजार ५१ सङ्क्रमित, अछाममा एक हजार ५९८, कञ्चनपुरमा ३४१, बैतडीमा १८७, डडेल्धुरामा ९८, बझाङमा ११५, डोटीमा एक हजार, बाजुरामा १०३ र दार्चुलामा ३१ जना एचआइभी सङ्क्रमित रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित