FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडक अवरुद्ध

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail

lxdfn kf/Lsf] lhNnf d’:tfªsf] hf]d;f]daf6 pkNnf] d’:tfªsf] nf]dGyfª hfg] af6f] . pkNnf] d’:tfªl:yt g]kfn / rLgaLrsf] l;df sf]/nf gfsf ;’rf? ug]{ xf] eg] o; af6f]sf] :tf/f]Gglt ug'{ 68sf/f] cfjZostf 5 . tl:a/ M jf;’b]j kf}8]n, kf]v/f, /f;;


मुस्ताङ, ७ वैशाख । बेगखोलामा बाढी आएपछि बेनी–जोमसोम सडक बुधबार साँझदेखि अवरुद्ध बनेको छ । बुधबार दिउँसोको भारी वर्षापछि बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै कालीगण्डकीको सतह बढेर सडक कटान हुन थालेपछि बेनी–जोमसोम सिधा सवारी आवागमन ठप्प बनेको हो ।

बुधबार साँझदेखि नै मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न गाउँबाट सदरमुकाम आउने र देशका विभिन्न भागबाट ती क्षेत्रमा जाने यात्रु मर्कामा परेका छन् । घन्टाँै कुर्दासमेत पानी सतह नघटेपछि तिब्ल्याङ र बेनीमै फर्कन बाध्य भएको तिब्ल्याङका स्थानीयवासी प्रेम पुर्जाले जानकारी दिनुभयो ।

बेगखोलाको ठाडोखोलामा गत वर्षको भदौमा आएको भीषण बाढीले त्यहाँका १२ घर बगाउनुका साथै बेलिब्रिज पनि बगाएको थियो । माथिल्लो क्षेत्रमा वर्षा हुनेबित्तिकै बेगखोलामा बाढी आउने गरेको छ । बेनी–जोमसोम हुँदै मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप उच्च छ । पोखरा, बेनी र काठमाडाँैबाट सिधा जोमसोम र मुक्तिनाथका लागि जिप र माइक्रोबस छुट्न थालेपछि सवारीमा यात्रा गर्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

चैत, वैशाख र जेठ मुस्ताङ भ्रमणको याम मानिन्छ । गत वर्ष बाढीले ल्याएका ठूल्ठूला ढुङ्गाले कालीगण्डकीको सतह माथि उठेको र वर्षा हुने बित्तिकै ठाडाखोलामा बाढी सडक अवरुद्ध हुने गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिब सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

“सम्बन्धित निकायले यसको दीर्घकालीन पहल गरेको देखिएको छैन, बाढी कम भएपछि अस्थायी रुट बनाउने अनि सवारी सुचारु गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित