FLASH NEWS
  • Loading...

वैशाख ३१ मा नै निर्वाचन : मन्त्री केसी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८९ पटक पढिएको
Post Thumbnail

aam nepal party


धादिङ, ६ वैशाख । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले वैशाख ३१ गते स्थानीय निकायको निर्वाचन हुनेमा कुनै विवाद नरहेकाले निश्चिन्त हुन आग्रह गर्नुभएको छ ।

नेपाल विद्यार्थी सङ्घ धादिङले ४८ औँ स्थापना दिवसमा आज आयोजना गरेको सम्मान तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले सबैलाई समेटेर तोकिएको समयमा नै निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री केसीले मधेसलाई बिर्सिएर नेपाली काँग्रेस अगाडि नबढेको बताउँदै भन्नुभयो, ‘काँग्रेसले महत्वपूर्ण आन्दोलनको सुरुवात मधेसबाट गरेको छ, मधेस काँग्रेसको मुख्य आधार इलाका हो, मधेसलाई काँग्रेसले कहिल्यै भुल्न सक्दैन ।’

पार्टीभित्र प्रक्रिया, पद्धति र प्रवृत्तिबीच समन्वय हुनु आवश्यक रहेकोमा पनि मन्त्री केसीले जोड दिनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न क्याम्पसमा नेविसङ्घका तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति रमेश धमला, काँग्रेस नेताहरू रामनाथ अधिकारी, हरि अधिकारी, बासु तिमल्सेनालगायतले स्थानीय तहको निर्वाचनमा विद्यार्थीहरूको भूमिका विषयमा मन्तव्य राख्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित