FLASH NEWS
  • Loading...

घर घरमा मतदाता स्वयंसेवक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२२ पटक पढिएको
Post Thumbnail

हेटौँडा, २ वैशाख । मकवानपुर जिल्लाका घर घरमा स्थानीय मतदातालाई प्रशिक्षित गर्न आज बिहानैदेखि स्वयम्सेवक परिचालन गरिएको छ ।

आठ गाउँपालिकामा नौ÷नौ वडा, थाहा नगरपालिकाका १२ वडा र हेटौँडा उपमहापालिकाका १९ वडामा करिब चार सय ७० जना मतदाता स्वयम्सेवक खटिएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत गोविन्दप्रसाद पौडेलले बताउनुभयो ।

यसैबीच हेटौँडा उपमहानगरपालिका वडा नं २ स्थित जिल्ला समन्वय परिषद्को भवनमा मुख्य निर्वाचन कार्यालय आइतबार सञ्चालन गरिन लागेको मकवानपुरका मुख्य अधिकृत दयाराम ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका आठ गाउँपालिका र थाहा नगरपालिकामा भने यही वैशाख १२ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सञ्चालन गरिने छ ।

मकवानपुर जिल्लामा दुई लाख २७ हजार सात सय ६४ मतदाता र तीन सय सात मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भने ७३ हजार दुई सय ६७ र थाहा नगरपालिकामा २९ हजार दुई सय ३२ मतदाता रहेको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित