FLASH NEWS
  • Loading...

न्याय सेवामा बढुवा र कार्य हेरफेर

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२८ पटक पढिएको
Post Thumbnail


न्याय सेवा आयोगको सिफारिसमा सरकारले न्याय सेवाका ५ सहसचिवहरुलाई सचिवसरहको विशिष्ट श्रेणीमा बढुवा गरेको छ ।
आयोगको सिफारिसमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको बढुवा र पदस्थापन गरेको हो ।
महान्यायाधिवक्ता कार्यालयका सह-न्यायाधिवक्ता किरण पौडेल नायव-महान्यायाधिवक्तामा बढुवा भएका छन् भने सर्वोच्च अदालतका सह-रजिष्ट्रार नहकुल सुवेदी बढुवा भई न्यायपरिषद्को सचिव भएका छन् । सर्वोच्च अदालतकै सह-रजिष्ट्रार नृपध्वज निरौला सर्वोच्च अदालतकै रजिष्ट्रार भएका छन् । कानून मन्त्रालयका सहसचिव राजीव गौतम सचिवमा बढुवा भएका छन् । सह-न्यायाधिवक्ता राजनप्रसाद भट्टर्राई बढुवा भई बेपत्ता आयोगको सचिव भएका छन् ।
न्याय सेवा आयोगको सिफारिसमा सरकारले फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक महेन्द्र उपाध्यायलाई सर्वोच्च अदालतको सह-रजिष्ट्रारमा सिफारिस गरेको छ । विमल पौडेल र भद्रकाली पोख्रेल सर्वोच्च अदालतको सह-रजिष्ट्रारमा सरुवा भएका छन् । न्याय परिषद्का सहसचिव देवेन्द्र ढकाल श्रम अदालतको मुद्दा हर्ेर्ने अधिकारीको रुपमा रहेका छन् भने उच्च अदालतको बुटबल इजलाशका रजिष्ट्रार भीमकुमार श्रेष्ठ विशेष अदालतको रजिष्ट्रारमा सरुवा भएका छन् ।
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले राष्ट्रिय किसान आयोग गठन गरेको जानकारी दिएका छन् । मन्त्रिपरिषद्को बैठकले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रम सबलीकरणको लागि बिश्व बैंकले दिएको १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकृत गरेको छ । प्राविधिक प्रमुख सेनानी खुमबहादुर कुँवरलाई प्राविधिक महासेनानीमा पदोन्नती गरेको छ भने नेपाल टेलिकम अथुरिटीमा रिक्त रहेको दर्ुइ सदस्य चयनका लागि सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्ण्र्ााभएको सञ्चारमन्त्री कार्कीले जानकारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित