FLASH NEWS
  • Loading...

विखण्डन गर्ने षड्यन्त्रका विरुद्धमा काँग्रेस

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail

g]kfnL sfFu]|;n] e}/xjfdf cfof]hgf u/]sf a[xt cfd;efnfO{ ;Daf]wg ub}{ k|d’v cltly kf6L{ ;efklt z]/axfb’/ b]pjf . tl:a/ M e/t s]=;L=, /f;;, a’6jn


पोखरा, ३१ चैत । नेपाली काँग्रेसका शीर्ष नेताले मधेस र पहाडकाबीच विभेद खडा गरी मुलुकलाई विखण्डन गर्न खोज्ने षड्यन्त्रलाई परास्त गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

उहाँहरुले सङ्घीयता, गणतन्त्र, समावेशीताजस्ता संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्न र संविधान कार्यान्वयन गर्न निर्वाचन अपरिहार्य भएकोमा जोड दिनुभयो ।

चार नं प्रदेशस्तरीय चुनावीसभालाई आज यहाँ सम्बोधन गर्दै शीर्ष नेताले संविधान काँग्रेसकै नेतृत्वमा जारी भएकाले त्यसको कार्यान्वयन र समृद्धिको अभियान अघि बढाउन पार्टीको जीत आवश्यक रहेको बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उठ्नेलाई कडा कारबाही गरिने नेताहरुको चेतावनी थियो ।

पोखराको चिप्लेढुङ्गामा आयोजित सभालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले काँग्रेस जनतालाई राष्ट्रको मालिक बनाउने पार्टी भएको बताउनुभयो । राष्ट्रिय एकता र मेलमिलापका पक्षमा काँग्रेस सधैँ रहेकाले मधेस र पहाडको कुरा उठाएर मुलुकलाई विखण्डन गराउने षड्यन्त्रका विरुद्धमा काँग्रेस रहेको स्पष्ट पार्नुभयो ।

“देशको राजनीतिक स्थायित्व र विकासका लागि काँग्रेसको नेतृत्वको विकल्प छै्रन,” उहाँले भन्नुभयो । स्थानीय तहका लागि उम्मेदवार तय गर्दा अधिकतम सहमति जुटाएर जित्न सक्ने उम्मेदवार जिल्लास्तरबाटै तय गर्नुपर्नेमा उहाँको जोड थियो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाकालीबाट सुरु भएको पार्टीको अभियान नेकपा (एमाले)को झुटको झाडी र माओवादीको शब्दजाललाई चिर्दै पोखरासम्म आइपुगेको बताउनुभयो ।

उहाँले राजनीतिक स्थिरताको टुङ्गो लगाएर देशलाई उन्नतिको मार्गमा उन्मुख गराउने तागत काँग्रेसमा मात्र रहेको दाबी गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा संविधानको कार्यान्वयन र आर्थिक समृद्धि एवम् विकासका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।

काँग्रेसले २०४८ सालको निर्वाचनमा विजयी हासिल गरेसँगै स्थानीय विकासको लहर आएको र शिक्षा स्वास्थ्यलगायतका क्षेत्रले ठूलो फड्को मारेको चर्चा गर्दै पौडेलले देशका प्रत्येक वर्ग र समुदायलाई एकाकार गरी अघि बढ्ने बताउनुभयो ।

काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि २०७४ सालभित्रमा तीनवटै तहको निर्वाचन गर्नुपर्ने दायित्व रहेको बताउँदै राजनीतिक स्थिरता, समृद्धि र विकासका लागि काँग्रेसले जित्नु आवश्यक रहेकोमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहमा विद्यमान समस्याका साथै हरेक तह, वर्ग र समुदायका समस्या समाधान गर्न सक्ने नेतृत्वदायी भूमिका भएका उम्मेदवार तय गर्नुपर्नेमा जोड दिँदै पार्टीले चाँडै नै उम्मेदवारी तय गर्ने जानकारी दिनुभयो ।

काँग्रेस नेता गोपालमान श्रेष्ठले काँग्रेसले मधेसी, जनजातिलगायत देशका सबै वर्ग र समुदायलाई समेटेर अघि बढ्ने उल्लेख गर्दै सबै वर्ग र समुदायको एकता आवश्यक भएको बताउनुभयो ।

काँग्रेसका पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ रानाभाटले २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनले नेपाली जनतालाई देशको राज्यशक्तिको स्रोत हामी आफैँ हौँ भन्ने प्रमाणित गराउने बताउनुभयो ।

नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मीले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्दा अधिकतम प्रमुख पदमा महिलाको उम्मेदवारी सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो ।

काँग्रेस कास्की सभापति कृष्ण केसीको अध्यक्षता एवम् सचिव सुदीपमोहन भट्टराईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सांसदद्वय शारदा पौडेल र कमल पङ्गेनी, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महर, नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतलगायतले निर्वाचन जित्ने उम्मेदवारलाई मात्र टिकट दिनुपर्नेमा जोड दिनुभएको थियो ।

‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’अन्तर्गत पार्टीको निर्वाचन परिचालन समितिले धनगढीबाट सुरु गरेको चुनावी सभा दाङ, भैरहवा हँुदै पोखरा आइपुगेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित