FLASH NEWS
  • Loading...

यमबुद्धले गरे आत्महत्या

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२८ पटक पढिएको
Post Thumbnail

 

उनी नेपाली संगीत प्रेमीमाझ यम बुद्धको नामबाट चर्चित थिए । नाम त उनको अनिल अधिकारी हो । उनले छोटो समयमा नै नेपाली सांगीतिक क्षेत्रमा आफ्ना एउटा राम्रो परिचय बनाउन सफल भएका थिए । नेपाली सांगीतिक क्षेत्रमा अन्य र्‍यापरहरुको सामु उनको पहिचान बेग्लै बनाएका थिए ।
उनको उमेर पनि त्यति धेरै थिएन । सानै उमेर अर्थात ३० टेकेका गायक स्रष्टा अनिल -यमबुद्ध) पछिल्लो समय आफ्नी श्रीमती अस्मिता अधिकारीको साथमा बेलायतमा बस्दै आएका थिए । तर अचानक उनको मनमा के भयो । उनी अर्थात यमबुद्धलाई बेलायतमा उनको फ्लाटको बाथरुमा पासो लगाएर झुण्डिएको अबस्थामा भेटियो । मृतक यम बुद्धको मृत शरिर पोष्टमार्टमका लागी बेलायत प्रहरीले कब्जामा लिएको छ । उनको आगामी बुधबार मात्र पोष्टमार्टम रिपोर्ट आउने बेलायती प्रहरीले जनाएको छ ।
आइटीका बिधार्थी यमबुद्धले झुण्डिनु पर्ने बाध्यता किन आइ लाग्यो यो सबैको मनमा खेलिरहेको प्रश्न हो – उनको मृत्युको खबर बाहिरिएको १२ घण्टा पछि पनी उनका शुभचिन्तकलाई यो कुरा पत्याउन गार्हो परिरहेको छ । स्रष्टाहरु नाम आफ्नो शान सम्झने शुभचिन्तकहरुलाई पत्याउन पनी गार्हो हुनु स्वभाबिक नै हो ।
आफ्नो एल्बम निस्कन लागेको स्ट्याटस सोसियल साइडबाट जानकारी गराउदै आएका गायक अनिललाई बेलायतमा स्थानिय समय बिहान ६ बजेतिर उनका परिबारले शौचालयमा घाँटीमा पासो लगाएको अबस्थामा भेटेको बताइएको छ । घटनाको बिस्तृत बिबरण उनका परिवारले प्रहरीले बुधबार पोष्ट मार्टम रिपोर्ट दिए पछि र्सार्बजनिक गर्ने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित