FLASH NEWS
  • Loading...

काँग्रेसद्वारा पूर्वप्रशासकसँग छलफल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८८ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २३ चैत । नेपाली काँग्रेसले आफ्नो पक्षमा चुनावी वातावरण बनाउन पूर्वप्रशासक, पूर्वराजदूत र पूर्वसुरक्षा अधिकारीसँग परामर्श गरेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर तीव्र तयारी थालेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले आज निर्वाचनमा काँग्रेसलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा उक्त छलफल गरेको जनाएको छ ।

गठन भएदेखि दिनहँु विभिन्न तहगत छलफलमा जुटेको सो समितिले छलफलमा उठेका सुझाव र सल्लाहलाई आधार मानेर निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन स्थानीयस्तरमै भातृ, शुभेच्छुक र पेसागत संस्था तथा वुद्धिजीवीसमेत परिचालन गर्ने जनाएको छ ।

यसअघि समितिले निर्वाचनको तयारीस्वरुप पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री, पूर्वजिल्ला सभापति, पूर्वसांसदहरु र पार्टीका शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीसँग छलफल र परामर्श गरेको थियो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित सो समितिले निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन आ–आफ्ना सङ्गठनलाई केन्द्रदेखि स्थानीय तह (वडा तह) सम्म परिचालन गर्न निर्देशन दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित