FLASH NEWS
  • Loading...

निर्धारित समयमै निर्वाचन हुन्छ ः नेता कोइराला

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail


पर्सा, २० चैत । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुने दाबी गर्नु भएको छ ।

प्रेस युनियन पर्साका पूर्वसभापति काशीनाथ यादवको स्मृतिमा आज यहाँ आयोजित श्रद्धान्जलि सभालाई सम्बोधन गर्दै उहाँले मधेसी मोर्चाको सहमतिमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “मधेसी मोर्चालाई बाहिर राखेर चुनावमा गइयो भने मधेसमै रहेका अतिवादी शक्तिहरु हावी हुन्छन्, जसले गर्दा मुलुकमा झन् ठूलो सङ्कट आउने भएकाले जसरी हुन्छ मधेसी मोर्चालाई सम्झाएर बुझाएर अगाडि बढनुपर्छ ।”

नेकपा ९एमाले०को उग्रराष्ट्रवादले मधेसमा विद्रोहको आगो थपिँदै गएको उल्लेख गर्दै नेता डा कोइरालाले काठमाडौँका केही नेताहरुले मधेसीको राष्ट्रियतामाथि शङ्का गर्ने प्रवृत्ति एकदमै घातक भएको टिप्पणी गर्नुभयो । मधेसमा भइरहेको सङ्घर्ष, पहिचान, पहुँच र प्रतिनिधित्वका लागि नै भएको भन्दै उहाँले मधेसका मुद्दाप्रति काँग्रेस सदैव सकारात्मक रहेको जिकिर गर्नुभयो ।

हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने सवालमा आफ्नो बिमति रहेको बताउँदै उहाँले राष्ट्रिय सभामा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभयो । स्व यादव लोकतान्त्रिक योद्धा रहेको स्मरण गराउँदै नेता डा कोइरालाले यादवको निधनले लोकतन्त्रप्रेमीहरु स्तब्ध भएको बताउनुभयो ।

सो अवसरमा सांसदहरु राजेन्द्र बहादुर अमात्य, अनिल रुँगटा तथा नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्घिवेदीलगायतले पनि स्व यादवलाई श्रद्घान्जलि दिनुभएको थियो । यादवको गत चैत १६ गते निधन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित