FLASH NEWS
  • Loading...

काठमाडौंपछि तराई जगाउँदै एमाले

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १३५ पटक पढिएको
Post Thumbnail


काठमाडौं÷राजधानीको उत्साहजनक प्रर्दशनपछि एमाले तराई जगाउने अभियानमा लागेको छ । तराईबासीलाई संविधान बारेमा बुझाउन र राष्ट्रियताप्रति चेतना जगाउने उदेश्यले अभियान थालिएको एमालेले जनाएको छ । तराईबासीमा जागरण ल्याउन एमालेले दिनहुँ विभिन्न ठाउँमा जनसभा संचालन गरिरहेको छ । अभियानमा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेता सक्रिय छन् । माओवादी र मसधेसवादी दलले एमालेलाई ‘तराई–मधेस विरोधी’ आरोप लगाइरहेको बेला त्यसलाई चुनौति दिदै शीर्ष नेताहरु तराई झरेका हुन ।
तराईबासीहरु उत्साहका साथ सभामा सहभागि भइरहेको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । ‘एमालेलाई तराई–मधेसी विरोधी भनेर आरोप लगाउनेहरु छन एमालेमा जनसभामा मान्छे ओइरिएको देखेर तर्सिसकेका छन् ।’ संशोधनको विरोधमा जोडदार रुपमा उत्रिएपछि मधेसवादी दल  एमाले र अध्यक्ष ओलीप्रति पहिल्यैदेखि आक्रोसित हुँदै आएका छन् । यही क्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले केही दिनअघि ‘तराईबाट एमालेलाई ब्याण्डबाजा बजाएर लखेट्ने’ अभिव्यक्ति दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित