FLASH NEWS
- राजनीतिक अस्थिरता र हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको प्रेस विज्ञप्ति |
- राजस्थानको पहिलो जित |
- आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिनुहुने |
- पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने |
- सिकन्दर पहिलो दिनको बक्स अफिस संकलन अनुमान, ओपनिङ डे कलेक्शन |
एमालेले जनसभा गर्ने
- गोल्डेन खबर
- ८ साल अघि
- १६३ पटक पढिएको

पोखरा, १६ चैत । नेकपा (एमाले) कास्की जिल्लाले यही चैत १८ गते पोखरामा जनसभा गर्ने भएको छ ।
पोखराको चिप्लेढुङ्गामा हुने सो जनसभालाई पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने जिल्ला कमिटीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पोखराको बगर, रानीपौवा र सिर्जनाचोकमा एकत्रित भई अघि बढ्ने जुलुस चिप्लेढुङ्गा पुगेर जनसभामा परिणत हुने र जनसभामा २० देखि २५ हजारको सहभागिता रहने पार्टीका जिल्ला अध्यक्ष कृष्ण थापाले बताउनुभयो ।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिका र गाउँपालिकाहरुमा एमालेको बहुमत आए कास्कीको आर्थिक विकास हुने उहाँको दाबी छ ।
प्रतिक्रिया दिनुहोस