- राजनीतिक अस्थिरता र हिंसाका घटनाप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीको प्रेस विज्ञप्ति |
- राजस्थानको पहिलो जित |
- आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विपक्षीको मागमा जवाफ दिनुहुने |
- पार्टीको कार्यकारी भूमिकामा फर्कंदै रवि लामिछाने |
- सिकन्दर पहिलो दिनको बक्स अफिस संकलन अनुमान, ओपनिङ डे कलेक्शन |
नगरपालिका र गाउँपालिकाको नेतृत्व लिन दौडधुप सुरु
- गोल्डेन खबर
- ८ साल अघि
- १६६ पटक पढिएको

बनेपा, १५ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नगरपालिका र गाउँपालिकामा नेतृत्व लिन चाहनेहरुको दौडधुप सुरु भएको छ ।
राजनीतिक दल आन्तरिक बैठक, भेला तथा प्रशिक्षणमा व्यस्त रहेका बेला स्थानीय तहको निर्वाचनका लागि स्थानीय नेताले आन्तरिक लविङसमेत सुरु गरेका छन् । पार्टीका बैठक, भेला र प्रशिक्षण जारी रहेकाले राजनीतिक दलले भने सम्भावित उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन् ।
बीस वर्षको रिक्ततापछि राज्यको पुनःसंरचनाअनुसार पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनका लागि गाउँगाउँमा उत्साहसमेत थपिएको छ ।
नेकपा एमाले काभ्रेपलाञ्चोकका अध्यक्ष टोकबहादुर वाइवाले पार्टी कमिटिमा उम्मेदवारको विषयमा सर्कुलर नआएकाले उम्मेदवारको टुङ्गो लगाउन अझै केहि समय लाग्ने बताउनुभयो ।
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष दिनानाथ गौतमले पार्टीको काम नै नसकिएकोले उम्मेदवारको घोषणा गर्न अझै केही समय लाग्ने बताउनुभयो ।
नेपाली काँग्रेसका उपसभापति अच्युत पौडेलले पार्टी केन्द्रीय कार्यालयबाट कुनै परिपत्र नआएकाले यस सम्बन्धी मापदण्ड बनेपछि मात्रै उम्मेदवारको टुङ्गो लाग्ने बताउनुभयो । नयाँ संरचनाअनुसार काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लाका दुई लाख ३७ हजार मतदाताले १८९ मतदानस्थलबाट मतदान गर्नेछन् ।
जिल्लामा यसपटक चार मतदानस्थल र २९ हजार नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकरप्रसाद पोखरेलले काभ्रेपलाञ्चोकमा विभिन्न पदका सात सय ३३ जनप्रतिनिधि निर्वाचित हुने छन् ।
पुनःसंरचनाअनुसार बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका छन् । त्यसैगरी रोशी गाउँपालिका, खानीखोला गाउँपालिका, चौरी देउराली गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका र महाभारत गाउँपालिकासहित सात गाउँपालिका यहाँ छन् । रासस