FLASH NEWS
  • Loading...

तीनवटै निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा ः अध्यक्ष ओली

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १५६ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १४ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा तोकिएको मितिमा तीनै तहको निर्वाचन सम्पन्न गरेपछि मात्रै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभएको छ ।

स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा समृद्ध र सुखी नेपालको पार्टीको प्रस्तावित अवधारणामा आज यहाँ भएको विद्वतसभामार्फत सुझाव लिँदै अध्यक्ष ओलीले लोकतन्त्रको आधारशीला निर्वाचन भएकाले यसलाई समयमै सम्पन्न गराउन सबैको भूमिका हुने र निर्वाचनमा जनताले सही नीतिका आधारमा छान्ने दलले मुलुकको नेतृत्व गर्ने स्पष्ट गर्नुभयो ।

संविधानमा आगामी २०७४ माघ ७ गतेभित्र संघ, प्रदेश र स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख भएकोमा स्थानीय तह निर्वाचनको मिति आउँदो वैशाख ३१ का लागि निर्धारण गरिएको छ । अध्यक्ष ओलीले संविधानसभाका ९० प्रतिशतभन्दा बढी सभासद्ले जारी गरेको संविधान कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै भन्नुभयो, “दुईचार जनालाई मन परेन भन्दैमा उनीहरूको जिद्दीले संविधान संशोधन हुँदैन । पार्टीको स्वार्थभन्दा देशको स्वार्थ माथि राख्नुपर्छ । लोकतन्त्र भनेको पनि त्यही हो ।”

उहाँले छिमेकी चीनले प्रस्ताव गरेको ‘वान बेल्ट वान रोड’ मा हस्ताक्षर गर्न नेपालले ढिलो गर्न नहुने पनि बताउनुभयो । ओलीले राष्ट्रिय पुननिर्माण प्राधिकरणका पछिल्ला काम सन्तोषजनक नभएको जिकीर गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण, पूर्वाधार र उर्जालगायतका क्षेत्रमा प्रचुर सम्भावना भएकाले नेपाललाई समृद्ध बनाउन सम्भव हुने बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले एमाले अध्यक्ष ओलीसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई सुझाव दिनुभएको थियो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित