FLASH NEWS
  • Loading...

ट्र्याक्टरको इन्जिनले चेप्दा एकको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०१ पटक पढिएको
Post Thumbnail


सिन्धुलीको कमलामाई नगरपालिका–१० भिमानमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ । दुर्घटनामा कनपा–१० निवासी ट्र्याक्टरका कामदार १८ वर्षीय कपिल तामाङको ज्यान गएको हो ।

कनपा–१० चदाँखोलामा बलौटो लिन गएको ना ३ त ६०९७ नंको ट्र्याक्टर उकालो सडकबाट लोड तान्न नसकी पछाडि फर्कंदा दुर्घटना भएको थियो ।

ट्र्याक्टर पछाडि फर्कंदा ट्र्याक्टरकै इन्जिनले च्याप्दा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित