FLASH NEWS
  • Loading...

स्याङ्जामा १९९, मतदानस्थल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९२ पटक पढिएको
Post Thumbnail


आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि स्याङ्जामा एकसय ९९ वटा मतदानस्थल निर्धारण गर्न सिफारिस गरिएको छ ।

पाँच नगरपालिका र ६ गाउँपालिकाअन्तर्गत ९७ वडा रहेको जिल्लामा एकसय ९९ मतदानस्थल बनाउन निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकृत गुरुप्रसाद मरासिनीले बताउनुभयो । २०७० मा संविधानसभाको निर्वाचनको बेला जिल्लामा एकसय ८९ मतदानस्थल कायम गरिएकोमा यसपटक भने दशवटा थप गरेर सिफारिस गरी पठाइएको मरासिनीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित