FLASH NEWS
  • Loading...

रञ्जना लिपिको पुनः प्रयोग गरिने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११४ पटक पढिएको
Post Thumbnail


स्थानीय तह कार्यान्वयनमा आएसँगै काठमाडौँ महानगरपालिकाबाट हटाइएको रञ्जना लिपिको पुनः प्रयोग गरिने भएको छ ।

स्थानीय तह कार्यान्वयनसँगै कामपाको लेटर प्याड र साइनबोर्डबाट महानगरपालिकाको मौलिकता र पहिचान झल्किने रञ्जना लिपि हटाएको थियो । सातसय ४४ स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहको साइनबोर्ड, लेटर प्याड र लोगो गाउँपालिका वा नगरपालिकाको नामबमोजिम परिवर्तन गर्नुपर्ने भएकाले कार्यकारीप्रमुख तथा कार्यकारी अधिकृत ईश्वरराज पौडेलले उक्त लिपि हटाउनुभएको थियो ।

विभिन्न पक्षबाट पुनः लिपि राख्नुपर्छ भन्ने माग आएपछि काठमाडौँ महानगरपालिका बोर्ड बैठकको निर्णयअनुसार लेटर प्याडमा रञ्जना लिपि पुनः प्रयोग गर्ने सहमति भएको कामपाका सञ्चार अधिकृत चन्द्रमणि भट्टराईले जानकारी दिनुभयो ।

लिपि हटाएको विषयलाई लिएर स्थानीयवासीले मुलुकको राष्ट्रिय पहिचानसमेत गुमेको भन्दै स्थानीय नरेशवीर शाक्यको संयोजकत्वमा आन्दोलनसमेत गरेका थिए । हटाइएको लिपि र लोगोलाई नेपाल संयुक्त राष्ट्रसङ्घमा सदस्य बन्दादेखि नै नेपालको मौलिक लिपिका रुपमा दर्ता गरिएको थियो । रञ्जना लिपि खासगरी काठमाडौँ उपत्यकाका नेवार समुदायले प्रयोग गर्दै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित