FLASH NEWS
  • Loading...

मधेसी मोर्चाले संविधान संशोधनबारे औपचारिक धारणा बनाउने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११२ पटक पढिएको
Post Thumbnail

सरकारले मंगलबार संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि मधेसी मोर्चा त्यसबारे औपचारिक धारणा बनाउन बैठक बस्दैछ। संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै मोर्चाले बैठक बोलाएको हो।

बुधबार अपराह्न तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बस्ने बैठकले संशोधन प्रस्तावबारे छलफल गर्ने भएको हो।

अघिल्लो वर्ष जारी भएको नयाँ संविधानमा मधेसी मोर्चाले विरोध गर्दै आएको थियो। एक वर्षसम्म मोर्चाले चरण चरणको आन्दोलन समेत गरिरहेको छ। पछिल्लो सरकार गठनसँगै मोर्चाले संविधान संशोधनसम्बन्धी सहमति गर्दै नयाँ सरकारलाई समर्थन गरेको थियो।

मोर्चाले संशोधन प्रस्ताव दर्ता भएपछिमात्र समर्थन गर्ने नगर्ने जनाउँदै आएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित