FLASH NEWS
  • Loading...

संविधान संशोधनको सम्भावना छैन – रायमाझी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०३ पटक पढिएको
Post Thumbnail


काठमाडौं–नेकपा (माओवादी केन्द्र) संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै हाललाई संविधान संशोधनको सम्भावना अब नरहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले ‘मोर्चाको हातमा ताला साँचो भएका समयमा उनीहरूले अधिकारको ढोका खोल्न नसकेपछि अब त्यो साँचो अन्यत्र पुगिसकेकाले’ संशोधन सम्भव नभएको जनाएका छन् ।
सीमांकनको मात्रै नभएर सबै संशोधन प्रस्ताव रोकिएको बताउँदै उनले अब संशोधनको सम्भावना १ प्रतिशत मात्र रहेको र ९९ प्रतिशत सम्भावना टरेकोले बताए । उनले भने, ‘ निर्वाचनमा मुलुक गइसक्यो, कसैले शंका गर्नुपर्दैन, कसैले रोक्न पनि सक्दैन, यो देशका लागि खुसीको कुरा हो ।,
नेकपा(एमाले)का नेता प्रकाश ज्वालाले स्थानीय तहको निर्वाचनको तयारीका लागि आफ्नो दलले मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गरेको बताउँदै निर्वाचन गराउने विषयमा सरकारलाई जस्तोसुकै सहयोग गरिने बताए ।
गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले तोकिएको समयमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै स्थानीय तहको निर्वाचन मुलुकका लागि उत्सव भएकाले यसलाई कसैले पनि रोक्न नहुने बताए ।
संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा शिवजी यादवले ‘सरकार गठनका बेला भएको तीनबुँदे सहमति सरकारले कार्यान्वयन नगरेकाले बाध्य भएर समर्थन फिर्ता लिएको’ बताउँदै संविधान सबैको सर्वस्वीकार्य बनाएर केन्द्रीय संसद्को चुनाव गराउनुपर्ने सुझाव दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित