FLASH NEWS
  • Loading...

आँखा उपचारसम्बन्धी सम्मेलन बिहीबार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११० पटक पढिएको
Post Thumbnail


काँकडभिट्टा (झापा), २ चैत । मेची आँखा अस्पतालको आयोजनामा विहीबारदेखि बिर्तामोडमा आँखा रोग विशेषज्ञहरुको त्रिदिवसीय राष्ट्रिय सम्मेलन हुने भएको छ ।
नेपाल र भारतका ख्यातिप्राप्त चिकित्सकको खोज तथा अनुसन्धान– आविष्कारमाथि विचारविमर्श तथा प्रमाणित तथ्यहरुका बारेमा प्रस्तुति रहने सो सम्मेलनमा नेपालभरिका एक सय ८० र भारतका १० नेत्र रोग विशेषज्ञको सहभागिता रहने आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा पुरुषोत्तम जोशीले आज पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सम्मेलनले बिर्तामोड घोषणापत्र पनि जारी गर्नेछ । आयोजक समितिका अध्यक्ष डा जोशीका अनुसार सो अवसरमा एक सय पाँच विशेषज्ञले प्रस्तुति दिनुहुनेछ । कार्यक्रममा १९ औँ नेपाल अफ्थाल्मिक सोसाइटी कन्फरेन्स र ११ औँ इस्टर्न रिजनल अफ्थाल्मिक कन्फरेन्स पनि हुने अस्पतालका प्रशासकीय प्रमुख सुरज रौनियरले जानकारी दिनुभयो ।
विसं २०५३ सालमा स्थापित सो अस्पतालले झापा, इलाम, पाँचथर र ताप्लेजुृङ जिल्लालाई कार्यक्षेत्र बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई आँखा स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित