FLASH NEWS
  • Loading...

चुनाव गर्न हतार नगरौं – नेता महतो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९४ पटक पढिएको
Post Thumbnail


सप्तरी—सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस विरोधी रवैयालाई छाडेर संविधान संशोधनमा सहभागिता जनाउन नेकपा (एमाले)सँग आग्रह गरेको छ ।
प्रेस मञ्च सप्तरीले आईतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेलाई मधेस विरोधी रवैया छाडेर मधेसीलाई अधिकार दिलाउने सवालमा अगाडि आउन आग्रह गरे । उनले भने, ‘मधेसको समस्या समाधानका लागि तीन ठूला दलले पहल गर्नुपर्छ ।’ उनले मधेसवादी दलले अघि सारेको माग सम्बोधन नगरी चुनाव हुन नसक्ने दाबी गरे । उनले १८ वर्षसम्म चुनाव नहुँदा देशमा केहि फरक नपरेको कारण अब दुई महिना समय बढाएर र संविधान संशोधन गरी चुनावमा जान सुझाव दिए । उनले भने, ‘१८ वर्ष चुनाव नहुँदा के फरक प¥यो ? त्यसैले दुई महिना समय बढाऔँ र संविधान संशोधन गरी चुनावमा जाऔँ ।’ उनले सरकारले हतारमा चुनाव गराए पछि पछुताउनुपर्ने धारणा राख्दै सबैको भनोभावना बुझेर सरकार अगाडी जानुपर्ने आशय व्यक्त गरेका थिए ।
अध्यक्ष महतोले सोमबार भएको झडपका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका पाँचैजनाको परिवारजनसँग आइतबार भेट गरेका छन् । त्यस अवसरमा उनले मृतकका परिवारलाई आफ्नो पार्टीका तर्फबाट जनही एकलाख २५ हजार आर्थिक सहयोग गरेका थिए । अध्यक्ष महतोले मृतकका सन्तानको शिक्षादीक्षा र भरणपोषणका लागि आफूले व्यक्तिगत र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने वचनबद्धता दिएका छन् । एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीमा आयोजित जनसभा विथोल्न पुगेका संघीय लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पाँचजनाको मृत्यु भएको थियो । मृत्युपछि तराई बन्दका कारण जनजिवन पैभावित भएको थियो । विभिन्न माग राखेर गरिएको बन्द सरकारले उनीहरुको माग सम्बोधन गर्ने भएपछि मात्र बन्द फिर्ता लिईएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित