FLASH NEWS
  • Loading...

संशोधन प्रस्ताव एमालेले कुनै पनि हालतमा पारित हुन नदिने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०० पटक पढिएको
Post Thumbnail


बुटवल–नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव नेपाल देश र नेपाली जनताको हितमा नरहेकाले एमालेले कुनै हालतमा पनि पारित हुन नदिने बताएका छन् ।
मेची–महाकाली राष्ट्रिय अभियानको सभामा सम्बोधन गदैँ उनले सर्वोच्च अदालतले पनि असंवैधानिक भनेको अवस्थामा नेपाललाई कमजोर पार्ने योजनाको रुपमा सो संशोधन प्रस्ताव ल्याइएको भन्दै संशोधन प्रस्तावका विरोधमा जनताले उठाएका आवाज वर्तमान सरकारले सुन्नै नचाहेर गलत गरिरहेका जनाए ।
उनले संविधान संशोधनमार्फत सबभन्दा पहिले ५ नम्बर प्रदेशलाई टुक्राउन खोजिएकोे र त्यसपछि बाँकीलाई पनि यसरी नै टुक्राउने योजना भइरहेको जानकारी गराए । उनले देशभक्त र विकासप्रेमी सरकार हटाएर बनेको यो सरकारले मुलुकका लागि कुनै काम गर्न नसकेको आरोप समेत लगाए । उनले संविधानतः आगामी माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्नुपर्ने बाध्यात्मक अवस्थामा सरकारले अनावश्यक रुपमा संविधान संशोधनको प्रस्ताव ल्याएर निर्वाचन टार्ने षड्यन्त्रमा लागेको आरोप समारोहमा लगाएका थिए ।
उनले पहाडी र मधेसी भनेर झगडा गराउने, जातजातका नाममा झगडा गराउने काम भइरहेको बताउँदै भने ‘हामी त्यो सफल हुन दिदैनौँ, जनताको सार्वभौमिक सत्ता, स्वतन्त्रता, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई कुनै पनि हालतमा तलमाथि हुन दिदैनौँ ।”

उनले पार्टी आफ्नो देश बचाउन र बनाउन दृढ संकल्पित रहेकाले कसैका अगाडि नझुक्ने बताए । उनले वर्तमान संविधानले कसैलाई पनि विभेद नगरेको, महिला, जनजाति, मधेसी आदि नाममा आरक्षण रहेको बताउँदै अधिकार पाइएन भन्नु वितण्डा खडा गर्नका लागि मात्र भएको बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित