FLASH NEWS
  • Loading...

पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात

  • गोल्डेन खबर
  • ६ दिन अघि
  • २० पटक पढिएको
पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात

पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा विजयी सुरुवात गरेको छ।

श्रेयस अय्यरको कप्तानी इनिङमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले हराउँदै सफल सुरुवात गरेको छ ।
२ सय ४४ रनको लक्ष्य पछ्याएको गुजरात ५ विकेटको नोक्सानीमा २ सय ३२ रन बनाउन सक्यो ।

टप अडरले सुरुवात राम्रो दिलाए पनि मध्यक्रमले त्यसलाई अघि बढाउन सकेन। साई सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे।

१४ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाएर गिल पहिलो विकेटका रुपमा आउट भए । सुदर्शन र तेस्रो नम्बरमा ब्याटिङ गरेका जोस बटलरले अर्धशतक बनाए । उनीहरुले दोस्रो विकेटका लागि ८४ रनको साझेदारी गरे ।

सुदर्शनले ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७४ रन बनाए । बटलरले ३३ बलमा ४ चौका र २ छक्का साथ ५४ रन जोडे।

त्यपछि ब्याटिङमा‌ आएका सेर्फाने रुथरफोर्ड २८ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४६ रन बनाए।

अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पञ्जाबका अर्शदीप सिंहले २, मार्को जासेन र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।

त्यसअघि नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४३ रनको विशाल योगफल तयार गर्यो ।

पञ्जाबका लागि कप्तान र खेलाडीको रुपमा डेब्यु खेल खेलिरहेका श्रेयसले सर्वाधिक ९७ रन जोडे । उनले ४२ बलको सामना गर्दै ५ चौका र ९ छक्का प्रहार गरे । आइपिएल इतिहासको आफ्नो पहिलो शतकबाट श्रेयस ३ रन टाढा चुके ।

पाँचौ विकेटका लागि श्रेयसले शंशाक सिंहसँग मिलेर नट आउट ८१ रनको साझेदारी गरे । शंशाक १६ बलमा ६ चौका र २ छक्काको सहयोगमा ४४ रनमा नट आउट रहे । मार्कस स्टोइनेस १५ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रनमा आउट भए ।

यसै खेलमा आइपिएल डेब्यु गरेका पञ्जाबका ओपनर प्रियान्स आर्य २३ बलमा ७ चौका र २ छक्काको सहयोगमा ४७ रनमा आउट भए । ग्लेन म्याक्सवेल पहिलो बलमा नै आउट हुँदा अजमतुल्लाह उमरजाइले १६ रन जोडे ।

गुजरातका लागि साइ किशोरले ३ ,राशिद खान र काशिसो रबडाले समान १ विकेट लिए ।

  • 2
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित